एजेन्सी।

चर्चित टिभी शो ‘बिग बोस’को १०औँ सिजनमा होस्ट गर्नको लागि बलिउड सुपरस्टार सलमान खानले आफ्नो शुल्क बढाएका छन्। सलमानले बिग बोसको नयाँ सिजनको लागि पछिल्लो सिजनको भन्दा ३०% बढि शुल्क लिने भएका छन्। यसलाई हिसाब गर्ने हो भने प्रत्येक एपिसोडको १० करोड भारु हुन जान्छ।Salman Increasing His Big Boss Fee (4)

‘बिग बोस’को ९औँ सिजनमा सलमानले २६ एपिसोड होस्ट गरेका थिए र उनले एक एपिसोडको लागि करीब ८ करोड भारु लिएका थिए। यस हिसाबले पुरै सिजनबाट उनले करीब २०८ करोड भारुको कमाइ गरेका थिए।Salman Increasing His Big Boss Fee (1)

सलमान खानले बिग बोसमा पहिलो चोटि चौथो सिजनमा होस्ट गरेका थिए। त्यतिबेला उनको शुल्क करीब २.५ करोड भारु प्रति एपिसोड रहेको थियो। यसपश्चात पाँचौँ र छैठौँ सिजनमा पनि उनले यति नै शुल्कमा काम गरेका थिए। यस हिसाबले पहिलो तीन सिजनमा उनको अनुमानित कमाई ६५ करोड प्रति सिजन थियो।Salman Increasing His Big Boss Fee (2)

त्यसपछि ७औँ सिजनमा सलमानले आफ्नो शुल्क दोब्बर गरिदिएका थिए। यानिकी यस सिजनको लागि उनले करीब ५ करोड प्रति एपिसोड लिएका थिए। २६ एपिसोडबाट उनले अनुमानित १३० करोड भारु कमाइ गरेका थिए।Salman Increasing His Big Boss Fee (3)

यो पनि हेर्नुहोस्-
प्रस्तुति दिन पुगेका सलमान भेटिए अर्धनग्न घण्टौँ चेन्जिङ रुममा
त्यसो भए, सलमानले यूलियासँग बिहे नगर्ने भए, यस्तो छ कारण…
आफ्नो बडिगार्डको लागि ७ करोडको अफर छाड्दिएका थिए सलमानले
सलमानको हरेक कारको नम्बर प्लेट ‘२७२७’