एजेन्सी ।

थाइल्यान्डमा एक कछुवाले ९०० वटा सिक्का निलेर ‘बैँक’ बनेको छ । थाइल्यान्डका मानिसको मान्यताअनुसार कछुवालाई सिक्का चढाएमा आयु बढ्छ ।

राम्रो भाग्यका लागि पानीमा फ्याकिएका सिक्कालाई कछुवाले निल्ने गरेको थियो । यतिका संख्यामा सिक्का निलेपछि बैंककको पूर्वी क्षेत्रको एक संरक्षण केन्द्रमा राखिएको यस कछुवाको नाम नै ‘बैँक’ रह्यो ।

यस कछुवालाई बचाउन ७ घण्टा लामो शल्यक्रिया गरियो, जुन इतिहासमा दर्ता गर्न लायक छ । यो पहिलो पटक हो, जहाँ कुनै जनावरको शल्यक्रिया यति लामो समयसम्म गरिएको थियो ।

चिकित्सकका अनुसार, सिक्काको भार बढ्दै जाँदा कछुवाको छालाको तल्लो भाग च्यातिने क्रममा पुगेको थियो र पौडिनमा कष्ट भइरहेको थियो । यद्यपी, शल्यक्रिया पश्चात् ‘बैँक’को अवस्था सामान्य छ ।