७ असोज, काठमाडौं ।
स्थानीय निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ९४ स्थानीय तहको मतगणना सम्पन्न भएको छ।

जसअनुसार प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेसले ३१ तहमा जित हाँसिल गरेको छ भने, संघीय समाजवादी फोरम नेपाल १६, नेकपा (माओवादी केन्द्र) ले १६ गरी बराबर तहमा जित्न सफल भएका छन ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल १४, नेकपा (एमाले) ९, नेपाल लोकतान्त्रिक फोरमका ३, नेपाली जनता दल र नयाँ शक्तिका उम्मेदवार एक-एक स्थानीय तहमा विजयी भएका छन्।