लण्डनको एलेक्सजेन्ड्रा प्यालेसमा भएको सन् २०१५ को ‘ग्रेट ब्रिटिस ट्याटु शो’ मा विश्व भरिका ट्याटु पारखीहरु जम्मा भए। विश्वकै राम्रा मानिने ट्याटु डिजाइनरहरु पनि ट्याटु पारखीहरुको ईच्छा मेटाउन मेहनत गर्दै थिए। पुराना चित्रहरु, तस्बिरहरु देखि टिभी सिरिज ‘गेम अफ थ्रोन्स’ का बिभिन्न दृश्यहरु पनि कुँदाए शरिरभरि ट्याटु पारखीहरुले।

यो ‘शो’ले विश्व चर्चित विभिन्न ट्याटु आर्टीस्टहरुलाई एक थलोमा ल्याएको थियो। फरक फरक देशका चलेका ट्याटु आर्टीस्टहरुबाट ट्याटु खोपाउँन पाउँदा सहभागीहरु खुसी देखिन्थे।‍ साथै यो कार्यक्रममा विभिन्न फेसन शो तथा साङ्गितीक कार्यक्रमहरु पनि आयोजान गरिएको थियो।
हेर्नुहोस् तस्बिरहरु,

Tatto Show (6) Tatto Show (1) Tatto Show (2) Tatto Show (3) Tatto Show (4) Tatto Show (5)