२५ चैत, काठमाडौं ।

एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले तीन दिनका लागि घोषणा गरेको ३ दिने आमहडताल १ दिनमै फिर्ता लिएपछि मोर्चमा त विवाद आएको छ नै एमाओवादीभित्र समेत गम्भिर मतभेद देखिएको छ ।

अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई लगायतका नेताहरुले आन्तिरक छलफल नै नगरी आमहडताल फिर्ता लिएपछि कतिपय नेता कार्यकर्ता अचम्मित भएर चुप लागेका छन् भने कतिपयले सामाजिक सञ्जालबाट रिस पोखेका छन् ।

यसरी रिस पोख्नेमा प्रचण्ड र बाबुराम दुवै पक्षका नेता कार्यकर्ता छन् । पार्टीलाई एक पटक सडकबाटै स्थापति गर्न चाहने दुवै पक्षका क्रान्तिकारी र जुझारु कार्यकर्ता नेतृत्वसँग रिसाएको एक नेताले नेपाली हेडलाइन्सलाई बताए । उनले भने ‘नेतृत्वमा निर्णय गर्नु अघि दुरदर्शिताको अभाव देखियो जस्ले गर्दा उत्साहित भएका कार्यकर्ता एकाएक निराश हुन पुगेका छन् ‘ ।

Maobadi ma radako

प्रचण्ड निकट मानिने जनसेनाका पूर्व कमाण्डर नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुनले फेसबुकमा कडा स्ट्याट्स लेखेर बन्द र हडताल फिर्ता लिएको विरोध गरेका छन् । उनले नेताहरुले अदुरदर्शी बनेको टिप्पणी मात्र गरेका छैनन् नेताहरुले रक्सी खाएर आन्दोलन घोषणा गर्ने र रक्सी खाएरै फिर्ता लिएको समेत आरोप लगाएका छन् ।
उनले भनेका छन्ः ‘साहसी,इमान्दार र प्रतिवद्व कार्यकर्ता र जनताहरु बरु सहिद,घाईते र जेल जान तयार हुन्छन् तर कहिल्यै पनि आन्दोलनको मोर्चाबाट भागेका हुदैनन्।30दलिय नेताहरु रक्सी खाएको तालमा आन्दोलन घोषणागर्ने,अनि फेरी रक्सी खाएकै तालमा आन्दोलन फिर्ता भन्ने??यस्तै ताल हो भने नेताहरुलाई मेरो सुझाव संविधानसभामा रहॅदासम्म बन्द हड्तालका कुनैपनि कार्यक्रम घोषणा नगर। ‘

Dipesh Pun status on aamhadtal

पासाङ पुत्र पूर्व लडाकु हुन भने अहिले विद्यार्थी राजनीतिमा छन् ।

उता बाबुराम निकट मानिने सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका बालकृष्ण ढुंगेलले पनि फेसबुकमा आक्रोश पोखेका छन् । उनले नेताहरुले अदुरदर्शिता प्रदर्शन गरेको भन्दै अव देखि यस्ता आन्दोलन घोषणा नगर्न भनेका छन् ।

उनले लेखेका छन्ः ‘घोसित कार्यक्रम फिर्ता केकालागि ? जन्ताका लागि ? नेता जि हरुकालागि ? देसकालागि ? वा परदेसकालागि ! यो अदुर्दर्शिता को निर्णय सायद अपुरणिय हुनेछ।अबफेरि घोषणा र फिर्ता गर्नु पर्ने आन्दोलन को घोषणा कहिल्यैनहोस।’

Balkrishna angry aamhadtal

वाइसिएल काठमाडौंका संयोजक दिपशिखाले भने बन्द फिर्ताको बचाउ गरेका छन् । उनले बन्द गर्दा र फिर्ता लिँदा दुवै पटक आलोचन गर्नेप्रति आक्रोश पनि पोखेका छन् ।

dipsikha status on banda

 
प्रचण्ड पुत्र प्रकाशले समेत बन्द फिर्ता लिएको विषयमा घुमाउरो शैलीमा असन्तुष्टी जनाएका छन् । उनल् लेखेका छन्: ‘कार्यकर्ता निरास छन्, ३० दल भित्र दरार पैदा भएका छ ! बन्द स्वभाविक राम्रो हैन । तर त्यत्रो कार्यकर्ताको मनोभावना माथी खेलबाड भयो । मुख्य नेतृत्वले फिल्डमा पुलिससंग मुकाबिला गर्ने र बिहान देखि खट्ने कमरेडहरुको सल्लाह नलिई फिल्डमा नखट्नेको सल्लाह लिन्दाको अवस्था हो यो । चुनाव त्यसै हारेको छैन पार्टीले । यस्तै यस्तै कारण छन् । कार्यकर्ताको संरक्षण छैन । लेखिन धेरै !’

prakash dahal status on aaamhadtal

संविधान सभाको दोश्रो निर्वाचनमा पराजय भोगेपछि समस्यामा परेको एमाओवादीलाई पछिल्लो आमहडतालको घोषणा र फिर्ताको घोषणा दुवैले झनै बढी समस्यामा पार्ने देखिएको छ । यही निर्णयका कारण एमाओवादी र मधेशी दलबीचको गठबन्धन समेत धरापमा परेको छ ।

यो मुद्धामा प्रचण्ड र बाबुरामबीच कुनै मतभेद थियो वा थिएन भन्ने प्रष्ट छैन । यही निर्णयका कारण एमाओवादीलाई यसै पनि पेलेर अघि बढ्न तयार भएका कांग्रेस एमालेलाई झनै मनोबल बढेको समेत एमाओवादी निटकहरुको चिन्ता छ ।

यो पनि हेर्नुस्
आमहडताल फिर्ता लिएपछि प्रचण्डमाथि भित्रैबाट आक्रमण
उपेन्द्र यादवले प्रचण्डलाई दिए यस्तो डाइलग