३ असार, काठमाडौं ।

नेपालमा राजतन्त्र समाप्त भएको आधा दशक वितिसक्यो । अव दशक पुग्ने तरखर चलिरहेको छ । तर पनि पूर्व राजपरिवारका सदस्यहरु भने कुनै न कुनैरुपमा मिडियामा चर्चामा रहिरहेका छन् । कतिपय पात्र बदनामीका कारण चर्चामा छन् भने कतिपय भने राम्रो कामका लागि । यस्तै छ पूर्व राजपरिवारका छोरा र बुहारीको कथा ।

Himani rahat 5हिमानी ट्रष्टको राहत वितरण कार्यक्रममा सक्रिय सहभागी हुँदै हिमानी साह

पूर्व युवराज पारस साहकी प्रेमिकाले थाइल्याण्डबाट पारसलाई ‘पति’ घोषणा गरेर चर्चा परिचर्चा चलिरहेको समयमा पारसकी पत्नि एवं पूर्व युवराज्ञी हिमानी साह भने अन्तराष्ट्रिय सञ्चार माध्यममा सकारात्मक हेडलाइन बनिरहेकी छिन् ।

चीनको चर्चित अखबार पिपल डेलीको अनलाइन संस्करणले हिमानी साहले हिमानी ट्रष्टको कार्यक्रममा बोल्दै गरेको तस्विर र उनको संस्थाले नेपालका भूकम्प पीडितका लागि गरेको सहयोगबारे समाचार प्रकाशित गरेको छ ।

[quote_box_left]पूर्व युवराज पारस साहकी प्रेमिकाले थाइल्याण्डबाट पारसलाई ‘पति’ घोषणा गरेर चर्चा परिचर्चा चलिरहेको समयमा पारसकी पत्नि एवं पूर्व युवराज्ञी हिमानी साह भने अन्तराष्ट्रिय सञ्चार माध्यममा सकारात्मक हेडलाइन बनिरहेकी छिन् ।[/quote_box_left]

पिपल डेलीले चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वा समाचार समितिका नेपाल प्रतिनिधी प्रताप थापाले बुधबार काठमाडौंमा खिचेको हिमानीको तस्विरलाई हेडलाइन बनाएको छ ।

समाचारको हेडलाइन नेपालकी पूर्व युवराज्ञीले भूकम्प पीडितलाई राहत वितरण गरिन् भनेर लेखिएको छ ।

क्याप्सनमा ‘नेपालकी पूर्व युवराज्ञी हिमानी साह हिमानी ट्रष्टले आयोजना गरेको प्रेस ब्रिफिङमा बोल्दै’ भन्ने लेखिएको छ । त्यस्तै हिमानी नेतृत्वको संस्थाले नेपालका विकट क्षेत्रहरुमा विभिन्न राहत कार्यक्रममा सक्रिय रहेको भनेर उल्लेख गरिएको छ ।

himani on chinese media

पिपल डेलीमा प्रकाशित हिमानी साह बोल्दै गरेको सिन्हुवा समाचार समितिको तस्विर 

त्यसैगरी पिपल डेलीको अनलाइन संस्करणमा हिमानीको अर्को हँसिलो तस्विर पनि राखिएको छ । जहाँ उनले क्यामेरा तिर हेरिरहेकी छिन् । तस्विरमा उनको सुन्दरतालाई देखाउन खोजिएको प्रष्ट देखिन्छ ।

himani on chinese media 1

हिमानी साहको सुन्दरता झल्किने सिन्हुवा समाचार समितिको तस्विर 

[quote_box_right] पिपल डेलीको अनलाइन संस्करणमा हिमानीको अर्को हँसिलो तस्विर पनि राखिएको छ । जहाँ उनले क्यामेरा तिर हेरिरहेकी छिन् । तस्विरमा उनको सुन्दरतालाई देखाउन खोजिएको प्रष्ट देखिन्छ ।[/quote_box_right]

केही दिन अघि मात्र हिमानी साह बैशाख १२ को विनाशकारी भूकम्पबाट नेपालीहरु पीडामा परेकाहरुलाई धादिङ पुगेर राहत सामग्री वितरण गरेकी थिइन् । धादिङको सतर्पु गाविस पुगेकी हिमानीले त्रिपाल तथा अन्य सामग्री वितरण गरेपछि उनको चर्चा भएको थियो ।

उनको संस्थाले उक्त एक गाविसमा मात्र भूकम्पका कारण घरबार गुमाएकाहरुलाई ३०० थान त्रिपाल वितरण गरेको थियो ।

Himani rahat 4

[quote_box_left]पारस साह ४ वर्ष पछि नेपाल फर्किएको ४ महिना वितिसक्दा पनि पारस र हिमानीको भेट भएको छैन । उनीहरुबीचको बैबाहिक सम्बन्ध कानूनी मात्र रहेको टिप्पणी भैरहेको समयमा १ दिन अघि मात्र पारसकी थाइ प्रेमिका भनिएकी युवतीले माइ हज्बेण्ड भन्दै पारसको तस्विर प्रकाशित गरेकी थिइन् ।[/quote_box_left]

केही समय अघि मात्र हिमानीले पूर्वको इटहरी पुगेर आफ्नो ट्रष्टले स्थापनाकालदेखि नै शिक्षा स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा सहयोग गर्दै आएको वताएकी थिइन् । सुनसरीको मधेशामा स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा सवै जनताको स्वास्थ्यमा पहुँच पुगोस् भन्ने कोषको लक्ष्य अनुसार एम्वुलेन्स उपलव्ध गराएको बताएकी थिइन् ।

पछिल्लो समयमा राजपरिवारका २ सदस्यमध्ये पारस साहका बदनामीपूर्ण समाचार मात्र सार्वजनिक हुने गरेका छन् भन् त्यसको विपरित हिमानी साहका भने सकारात्मक समाचार सञ्चार माध्यममा आउँछन् ।

parash himani

फाइल तस्विर

पारस साह ४ वर्ष पछि नेपाल फर्किएको ४ महिना वितिसक्दा पनि पारस र हिमानीको भेट भएको छैन । उनीहरुबीचको बैबाहिक सम्बन्ध कानूनी मात्र रहेको टिप्पणी भैरहेको समयमा १ दिन अघि मात्र पारसकी थाइ प्रेमिका भनिएकी युवतीले माइ हज्बेण्ड भन्दै पारसको तस्विर प्रकाशित गरेकी थिइन् ।