१५ चैत, काठमाडौं ।

विश्वकप क्रिकेटको फाइनल खेलमा अष्ट्रेलिया र न्यूजिल्याण्डबीच निक्कै सनसनीपूर्ण खेल जारी छ । खेलका क्रममा मैदानमा खेलको प्रतिस्पर्धा मात्र होइन खेलाडीबीच पनि भिडन्त हुन खोजेपछि भने अम्पायरलाई मुस्किल पर्‍यो ।

players clash

players clash 2

अष्ट्रेलियाली बलर र न्यूजिल्याण्डका ब्याट्सम्यानबीच मैदानमै झगडा परेपछि उनीहरुलाई सम्हाल्न अम्पायर नै आउनु पर्‍यो । २० ओभरमा ग्रान्ट एलियटको ब्याटिङका क्रममा अम्पायरले बलमा बाधा गरेपछि अष्ट्रेलियाले रिभ्यू माग्यो । तर रिभ्युको रिजल्ट नआउँदै मैदानमा अष्ट्रेलियाली अलराउण्डर ग्लेन म्याक्सबेल भने न्यूजिल्याण्डका ब्याट्सम्यानसँग झगडा गर्न कँस्सिए । झगडाले कडा रुप लिने खतरा देखेपछि अम्पायर आएर थमाउनु परेको थियो ।

players clash 3 players clash 4

सेमीफाइनल खेलका क्रममा पनि अष्ट्रेलियाली बलरसँग भारतीय ब्याट्सम्यान रोहित शर्माको झगडा परेको थियो ।

players clash 1अष्ट्रेलियाली ब्याट्सम्यानहरुले विपक्षी ब्याट्सम्यानहरुलाई उक्साउने र उनीहरुलाई आउट गर्ने रणनीतिमा रहने गरेको जानकारहरु बताउँछन् ।