विश्व सुन्दरी बनेर बलिउडमा प्रवेश गरेकी ऐश्वेर्या राय अहिले पनि विश्वका सबैभन्दा सुन्दरी महिलाको सूचीमा अग्रस्थानमा आउँछिन् । केही समय अघि कान इन्टरनेशनल फिल्म फेष्टिवलमा पुगेकी ऐश्वेर्याले आफ्नो सुन्दरता र पहिरनले धेरैको ध्यान खिचेकी थिइन् ।

Ais lovers

यिनै सुन्दरी ऐश्वेर्याले प्रेमी पनि थुप्रै पटक परिवर्तन् गरेर सँधै चर्चमा रहिन् । र अन्त्यमा बच्चन परिवारकी बुहारी बन्दै अभिषेक बच्ननकी पत्नी बन्न पुगिन् ।

यहाँ ऐश्वेर्याका प्रेमीहरुको चर्चा गरिएको छ ।

निरोशन देभाप्रियः
सबैभन्दा शुरुमा ऐश्वेर्याको प्रेमीकोरुपमा चर्चामा आएका ब्यक्ति श्रीलंकाली नागरिक निरोशन देभाप्रिय हुन् । टाइम्स अफ इण्डियाका अनुसार उनले ऐश्वेर्याले अभिषेकसँग विवाह गरेर आफूलाई मानसिक तनाव दिएको भन्दै पुलिसमा उजुरी पनि हालेका थिए ।

राजिव मुल्चादानीः

Rajesh Mulchadani and Ais

कुनै बेलाका चर्चित मोडल राजिव मुल्चादानीसँग ऐश्वेर्याले आफू पनि मोडलिङ गर्ने ताका नजिकिएको बताइन्छ । मुल्चादानीसँग उनले केही फोटो शेसन पनि गरेकी छिन् । ऐश्वेर्याका प्रेमी भनिएका मुल्चादानीले कुनै बेला बलिउड अभिनेत्री नेपाली चेली मनिषा कोइरालासँग पनि डेट गरेका थिए ।

Rajesh Mulchadani and Ais 1

 

सलमान खानः

salman with ais

सलमान खान ऐश्वेर्याका सबैभन्दा बढी चर्चामा आएका प्रेमी हुन् । सञ्जय लिला भन्सालीको ‘हम दिल दे चुके सनम’ बाट नजिकिएका सल्लु र ऐशबीच लामो समय सम्म रोमान्टिक अफेयर चलेको थियो । तर सलमान बढी हस्तक्षेपकारी र हिंसात्मक भएको भन्दै ऐश्वेर्या उनीबाट टाढिएकी थिइन् । सन् २००२ मा टाइम्स अफ इण्डियासँगको अन्तर्वार्ताका क्रममा ऐश्वेर्याले आफू र सलमानबीच ब्रेकअप भएको बताएकी थिइन् । त्यतिमात्र होइन सलमानले आफूलाई शाहरुख खान देखि अभिषेक बच्चनसँग अफेयर चलाएको आरोप लगाएर हातपात समेत गरेको खुलासा समेत उनले गरेकी थिइन् ।

salman with ais 1

 

विवेक ओवरोएः

vivek with ais

सलमानसँगको ब्रेकअप पछि ऐश्वेर्या अर्का अभिनेता बिबेक ओबरोयसँग नजिकिएकी थिइन् । ‘क्यूँ हो गया ना’ नामक चलचित्रमा सँगै अभिनय गरेका उनीहरुबीच केही समय रोमान्टिक सम्बन्ध चलेको थियो । विवेकले ऐश्वेर्याको ३० ‌‌औं जन्मदिनमा ३० थरी उपहार नै दिएको चर्चा पनि चलेको थियो । विवेकले एक अन्तर्वार्तामा ऐश्वेर्यासँग गहिरो सम्बन्धमा रहेको खुलासा गरेका थिए तर ऐश्वेर्या उनीबाट छिट्टै टाढिइन् ।

vivek with ais 1

अभिषेक बच्चनः

ऐश्वेर्याका अन्तिम प्रेमी भने बलिउडमा विग बी भनिने अभिताभ बच्चनका सुपुत्र अभिषेक बच्चन बन्न पुगे । ढाइ अक्षर प्रेम की र कुछ ना कहो जस्ता २ चलचित्र गरेपछि उनीहरुबीचको सम्बन्ध गाढा भएको थियो । उनीहरु पछि उमराव जान र गुरु मा पनि सँगै देखिए ।

Abhisek with Ais

Abhisek with Ais 1
ऐश्वेर्यालाई भेट्नु अँघि अर्की अभिनेत्री करिश्मा कपूरसँग प्रेममा थिए अभिषेक । उनीहरुबीच अभिताभको ६० औं जन्मदिनमा इन्गेजमेन्ट समेत भएपनि पछि विवाह हुन सकेन । उनीहरुबीच किन ब्रेक अप भयो भन्ने कुरा रहस्यमै रहेको छ । त्यसपछि उनी ऐश्वेर्यासँग नजिकिए र २००७ मा विवाह बन्धनमा बाँधिए । ऐश्वेर्या र अभिषेककी अहिले एक छोरी समेत छिन् ।

Abhisek with Ais 2