महिला र पुरुषको सम्बन्ध प्रेममा मात्र होइन विभिन्न उतार चढावमा आधारित हुन्छ ।

 

कतिपय कुरा यस्ता छन् जुन पुरुष आफ्नी प्रेमिका वा पत्निको मुखबाट कहिल्यै पनि सुन्न चाँहदैनन् । यहाँ कुनै पनि महिलाले आफ्नो पति वा प्रेमीलाई भन्न नहुने ५ कुराको चर्चा गरिएको छ ।

men women romantic

१ पति वा प्रेमीले साथी भाइसँग बसेर मदिरा सेवन गर्दै छ भने उसलाई अर्को गिलास पनि खाने । यति धेरै पिउने भन्ने जस्ता शब्दावली प्रयोग नगर्नुस् । यस्तो गर्दा पुरुषले अपमानित महसुस गर्छन् र सम्बन्धमा समस्या आउँछ ।

 

२ पति वा प्रेमीलाई उसको पूर्व प्रेमिकासँग अझै पनि सम्बन्ध छ भनेर शंकालु प्रश्न नसोध्नुस् । तिमी अझै पनि उसलाई भेट्छौ रे कुरा गर्छौ रे भन्ने जस्ता शंकालु प्रश्न सोध्न थाल्नु भो भने तपाइँ सम्बन्ध विगार्दै हुनु हुन्छ ।

 Man with woman

३ कुनै पनि महिलाले आफूले लगाएको कपडाले मोटो देखाएको छ कि छैन भनेर प्रेमि वा पतिलाई सोधे भने उनीहरु निराश हुन्छन् । किन भने पुरुषहरुले मनमा लागेको कुरा भनिदिन्छन् जुन महिलालाई मन पर्दैन ।

 

४ पति वा प्रेमीसँग आफू उसकी पूर्व प्रेमिका जति सुन्दर नभए पनि कम नभएको भन्ने जस्ता तुलना नगर्नुस् । अझ उ भन्दा म यो यो कुरामा राम्रो भन्ने जस्ता तुलनाले पुरुषले तपाइँसँग घृणा गर्छन् ।

 

५ पति वा प्रेमीलाई उसकी पूर्व प्रेमिकासँग विवाह किन नगरेको वा भविष्यमा गर्ने विचार छ कि छैन भन्ने जस्ता कठोर प्रश्न नगर्नुस् । यस्ता प्रश्नले पुरुषलाई आफ्नै ब्यक्तित्वमाथिको प्रहार जस्तो लाग्छ ।