चिसो मौषम नेपालमा पनि शुरु भएको छ । बेमौषमी वर्षा र देशका विभिन्न स्थानमा भएको हिमपातले देशको जनजीवन नै प्रभावित भएको छ । 

चिसोका कुरा गर्दा विश्वमा वर्षभरी माइनस तापक्रम हुने स्थानहरु पनि छन् जहाँ मानिसको बसोबास छ । सबै भन्दा चिसो हुने देश रुस मानिन्छ ।

coldest city of the world

रुसमा पनि सबै भन्दा चिसो शहरको रुपमा परिचित छ त्यहाँको याकूत्स्क शहर । यो शहर संसारकै सबै भन्दा चिसो हुने सहर हो । साइबेरिया र कामाच्त्काबीच रहेको यो शहर चिसोको शहरकोरुपमा विश्वभरी परिचित छ ।

coldest city of the world 1

अन्टार्टिका पछि सबै भन्दा चिसो हुने स्थानमा याना नदी बग्छ जसको सतहको पानी वर्षभरी नै जमेको अवस्थामा हुन्छ । २ लाख ५० हजार भन्दा बढी जनसंख्या रहेको यो शहरको तापक्रम जाडोमा माइनस ४५ डिग्री सेल्सियस भन्दा पनि कम हुन्छ ।

coldest city of the world 1 coldest city of the world 1 coldest city of the world 1

 

आर्कटिक रेखाबाट केवल ४५० किलोमिटर दक्षिणमा पर्ने भएका कारण यो शहर सबैभन्दा चिसो शहर बनेको हो । यो शहरको किनारमा बग्ने याना नदीको पानीको सतह सँधै जमेको अवस्थामा रहन्छ ।

 

वर्षैभरी चिसो

सामान्यतया याकूत्स्कको मौषम अधिकाँश समय चिसो हुन्छ । यहाँ गर्मी हुने भनेको मे १२ देखि सेप्टेम्बर सम्म मात्र हो त्यतिबेला पनि यहाँको तापक्रम माइनस नै हुन्छ ।

जुलाईमा मात्र यहाँको तापक्रम प्लसमा जान्छ र १० डिग्री सम्म पुग्छ । तर नोभेम्बरबाट भने कहिल्यै पनि प्लस हुँदैन । यहाँको तापक्रम माइनस २३ देखि माइनस ४५ को वरीपरी रहन्छ ।

coldest city of the world 1 coldest city of the world 1 coldest city of the world 1

अधिकतम तापक्रम माइनस ३६ हुन्छ भने न्यूनतम तापक्रम माइनस ४५ सम्म हुन्छ । जनवरी महिनामा यहाँको तापक्रम माइनस ३४ रहन्छ ।

सन् २००८ मा चिसोका कारण यहाँका पानी तथा ग्यासका पाइप विष्फोट समेत भएका थिए ।

coldest city of the world 1 coldest city of the world 1 coldest city of the world 1

coldest city of the world 1 coldest city of the world 1 coldest city of the world 1 coldest city of the world 1 coldest city of the world 1 coldest city of the world 1

 

एजेन्सी ।