एजेन्सी ।

बलिउडकी सर्वाधिक सुन्दरी मध्ये शीर्ष स्थानमा आउने ऐश्वर्या रायको उचाइ उनी जोडिएको परिवारकै कारण सँधै कायम छ । उनी अझै पनि सुन्दरी अभिनेत्रीकोरुपमा संसारभरी चर्चित छिन् । आत्म विश्वास र सुन्दरताको मेल मानिने ऐश्वर्या मुम्बइमा आयोजित एक कार्यक्रममा भने साह्रै नै भावुक बनिन् ।

aish amitav

खासमा उनी आफ्ना ससुरा अर्थात बलिउडका विग बी अमिताभ बच्चनको एक फिल्म शमिताभ रिलिज कार्यक्रममा भावुक बनेकी हुन् ।

विहीबार राति उक्त फिल्मको स्क्रिनिङका क्रममा बच्चन परिवार नै सहभागी थिए । शमिताभ हेरेपछि ऐश्वर्या यति भावुक भइन् कि उनी आँखाभरी आँशु पार्दै ससुरा अभिताभको अंगालोमा गइन् ।

aish amitav 1

अभितावले यो तस्विरलाई आफ्नो ब्लगबाट समेत शेयर गरेर उनको फिल्मलाई बुहारीको प्रशंसा प्राप्त भएको भन्दै खुसी ब्यक्त गरे ।

aish amitav 2

 

यो पनि हेर्नुस्

अभिषेकसँग विवाह हुँदा ऐश्वर्याको अर्कैसँग सम्बन्ध भएको खुलासा

ऐश्वर्या अझै पनि सबैलाई घाइते पार्दै (फोटो फिचर)

ऐश्वर्या राय संसारकै चौथो सर्वाधिक सुन्दरी घोषित