६ चैत, काठमाडौं ।

ट्यूसन सेन्टरमा पुगेर २ युवतीलाई एसिड हान्ने अभियुक्त युवक प्रहरीले सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमै ढलेका छन् । २ युवतीलाई एसिड हानेको स्वीकार गरिसकेका रामेछाप फुलासी-८ निवासी जीवन विक  एसिड प्रहार गर्न आयोजित पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका हुन् ।

उनलाई प्रहरीले हिरासतमा राखेर बहिर निकाल्दा उनी आत्तिएर ढलेको अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा उनलाई पत्रकारहरुले समेत निक्कै दुर्ब्यवहार गरेका थिए । कतिपय पत्रकारले अभियुक्त विवेकले बेहोस भएर दाँत किट्दा समेत पत्रकारले नाटक गरेको भन्दै उनलाई दुर्ब्यवहार गरेका थिए । 

 

Acid attacker

 

प्रहरीले महानगरीय प्रहरी प्रभाग रानीपोखरीमा पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको छ । उनले काठमाडौंको झोंछेमा ट्युसन पढ्न गएका संगीता पुलामी मगर र सीमा बस्नेतलाई एसिड प्रहार गरेका थिए ।

acid attacker 1

उनले आफूले भारतमा बस्दा यसबारे जानकारी पाएर एसिड हानेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । प्रहरीले उनलाई सिक्किम ग्यान्टोक(भारत) बाट पक्राउ गरि ल्याएको थियो । गत फागुन(१० गते एक टयुसन सेन्टरमा पढिरहेको बेला संगीता र उनीहसँगै रहेकी सीमा बस्नेत माथि एसिड फालिएको थियो । 

गम्भीर घाइते दुईजनै छात्रा उपचारकै क्रममा अस्पतालमा भर्ना छिन् । दुवैजनाले हिजोबाट सुरु भएको एसएलसी परीक्षा अस्पतालबाटै दिइरहेका छन् ।