करन जोहरले सञ्चालन गरेको शो ‘कफी विद करन’ मा बलिउड सुपरस्टार सलमान खानले आफ्ना केही नीजि जीवनका धेरै कुराहरुको खुलासा गरेका थिए । जब करणले सलमानलाई उनको विवाहका सम्बन्धमा प्रश्न सोधेका थिए । आफ्नो जीवन साथी को जस्तो होस् भन्ने करणको प्रश्नमा सलमानले आफ्नो जीवनसाथीको रूपमा बलिउड नायीका प्रिटी जिन्टा होस् भन्ने चाहना रहेको बताएका थिए ।

तर प्रिटी जिन्टा भने सलमानको यो कुरा मान्न तयार छैनन् । प्रिटीले सलमानको उक्त कुरालाई निकै हल्का रूपमा लिएकी छिन् ।

प्रिटीले हालै भएको एक अवार्ड वितरण कार्यक्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा सलमानको उक्त कुरालाई अस्विकार गरेकी छिन् र उनले सलमान भन्दा आफूलाई करन जोहर मनपर्ने बताएकी छिन् ।

karan-johar-priety-zinta