५ बैशाख, एजेन्सी ।

दुनियाँका सबैभन्दा धनी उद्योगपति मध्ये एक मानिने भारतीय धनाड्य सूचीमा शीर्ष स्थानमा रहेका मुकेश अम्बानीकी छोरी ईशा अम्बानीले जागिर गर्न थालेकी छिन् ।

रिलायन्स कम्पनीका कार्यकारी अध्यक्ष अम्बानीकी छोरीले अमेरिकी म्यानेजमेन्ट कन्सल्टिङ कम्पनी म्याकेन्जीमा जागिर खान थालेकी हुन् ।

ambani father daughter

 

ईशाले म्याकेन्जीमा कन्सलटेन्टकोरुपमा जागिर खान थालेको बताइएको छ ।

Isha Ambani

 

ईशालाई इलायन्स इन्डस्ट्रिजमा प्रवेश गराउने कदमकोरुपमा हेरिएको छ ।

विश्वका धनीहरुको सूची प्रकाशित गर्ने फोर्ब्सका अनुसार मुकेश अम्बानीको सम्पती २२ दशमलव २ अर्व डलर अर्थात २१ खर्व ९० करोड रुपैयाँ भन्दा बढी छ । 

फोर्व्सले १६ वर्षको उमेरमा दुनियाँका सबै भन्दा धनी अरव पति उत्तराधिकारीको सूचीमा राखेपछि ईशा चर्चामा आएकी हुन् ।

ईशा अमेरिकाको येल विश्वविद्यालयबाट ग्राजएट हुन् ।

मुम्बइमा रहेको अम्बानीको २७ तले घरलाई फोर्ब्सले विश्वकै सबैभन्दा महंगो घरकोरुपमा उल्लेख गरेको छ । 

Ambani House in Mumbai