सलमान खानलाई बलिउडमा ‘हिरो’ भन्ने गरिन्छ । किन भने उनले अभिनय गरेका चलचित्र कथा वा प्रस्तुति भन्दा पनि उनकै उपस्थितिले मात्र पनि सुपरहिट भैदिन्छन् ।

Salman with Katrina Ishabella

सलमान खान आफू मात्र सुपरहिट होइनन् उनले बजारमा ल्याएका कैयौं सुन्दरी अभिनेत्रीहरु पनि बजारमा हिट छन् ।
यहाँ सलमानको बुइ चढेर बलिउड छिरेका र चर्चा कमाएका केही अभिनेत्रीको सूची प्रस्तुत गरिएको छ ।

१ क्याट्रिना कैफः

Salman with Katrina
कुनै बेला क्याट्रिना कैफलाई बलिउड विरानो थियो । तर सलमानले यी सुन्दरीलाई बलिउडमा प्रवेश मात्र गराएनन् उनलाई सफल पार्न हरेक प्रयास गरे । सलमान र क्याट्रिनाबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि लामै समय सम्म चल्यो तर क्याट्रिना आफूबाट टाढिएर अन्यत्र रोमान्स गरिरहँदा पनि सलमानले भने उनलाई सहयोग गरिनै रहेको देखिन्छ ।

२ सोनाक्षी सिन्हाः

Salman with Sonakshi
शत्रुघ्न सिन्हाकी छोरी भएपनि सोनाक्षीको पहुँच बलिउडमा पुर्याउने श्रेय सलमान खानलाई जान्छ । उनले सोनाक्षीलाई बलिउडमा लन्च मात्र गरेनन् सफल बनाउन भरमग्दुर प्रयत्न पनि गरे र सफल समेत भए । सोनाक्षीलाई बलिउडमा दबङ्गी बनाउन सलमानको ठूलो भूमिका छ ।

३ जारिन खानः

Salman with Zharin Khan
क्याट्रिना कैफसँग अनुहार मिल्ने जारिन खानलाई बलिउडमा अभिनेत्री बनाउने काम पनि सलमानले नै गरेका हुन् । युवराजमा जारिनलाई ब्रेक दिएका सलमानले बीरमा पनि अभिनेत्री बनाए र बलिउडमा चम्काए ।

४ स्नेहा उल्लालः

Salman with Snheha

ऐश्वेर्या रायसँगको प्रेम सम्बन्ध अन्त्य भएपछि सलमानले स्नेहालाई आफ्नो रोजाइ बनाएका थिए । कता कता ऐश्वेर्या जस्तै देखिने स्नेहालाई बलिउडमा चिनाउने काम सलमानले गरे । लक्की नो टाइम फर लभ नामक चलचित्रमा अभिनय गरेपनि स्नेहालाई बलिउडले उतिसारो स्नेह भने देखाएन ।

५ डेजी साहः

Salman with Daisy Shah
सलमानले पछिल्लो चलचित्र ‘जय हो’ मा अपरिचित अनुहारलाई सेलिब्रेटी बनाए । उनी हुन् डेजी साह । ३ वर्ष सम्म कोरियोग्राफरकोरुपमा मात्र काम गरेकी डेजीलाई सलमानले हिरोइन बनाइदिए । र जय हो मा पाएको यो अवसरले डेजीको जय नै भयो ।

६ इसावेल कैफः

Salman with Katrina and his sister
सलमानले क्याट्रिना कैफलाई मात्र होइन क्याट्रिनाकि बहिनी इसावेललाई पनि बलिउडमा प्रवेश गराउने तयारीमा छन् । इसावेल सलमान खानले बनाउन लागेको क्यानेडियन चलचित्रमा अभिनय गर्ने तयारीमा छिन् ।

aditya shetti and Sooraj Pancholi

यी सुन्दरी अभिनेत्री बाहेक आदित्य पन्चोलीका छोरा सुरज पन्चोली र बथिया शेट्टीलाई पनि बलिउडमा प्रवेश गराउने काम सलमानले नै गरेका हुन् ।