पछिल्ला केही दिन यता प्रिती जिन्टा उनका पूर्वप्रेमीले गरेको भनिएको यौन दुर्ब्यवहारका कारण चर्चामा छिन् । आफ्ना पूर्व प्रेमी एवं ब्यापारिक साझेदार नेश वाडियाले आफूलाई क्रिकेट रंगशालामै यौनजन्य आक्रमण गरेको उजुरी पुलिसमा दिएर चर्चमा रहेकी प्रितीका प्रेमी भने बाडिया मात्र थिएनन् । 

Preitys Love Affairs

यहाँ प्रिती जिन्टाका पूर्व प्रेमीहरुको विषयमा चर्चा गरिएको छ ।

नेस बाडियाः

preity-zinta-and-ness-wadia

प्रिती र नेस बाडियाबीच ५ वर्ष सम्म प्रेम सम्बन्ध चल्यो । ब्यवसायी समेत रहेका बाडिया प्रितीसँग उनको क्रिकेट क्लव किङ्गस एलेभेन पञ्जावको पार्टनर बने र झनै नजिक भए । तर सन् २००९ मा भने उनीहरुबीच फाटो आयो र अहिले पुलिसमा जाने अवस्थामा पुगेको छ । बाडियाले प्रितीले आफूमाथि लगाएका आरोप गलत भएको दावी गरेका छन् ।

 

युवराज सिंहः

Preity kissing Yubraj
प्रितीको सम्बन्ध कुनै बेलाका भेट्रन ब्याट्सम्यान युवराज सिंहसँग पनि चलेको थियो । प्रितीले किङ्गस एलेभेन पञ्जावमा लगानी गरेपछि युवराजलाई क्याप्टेन समेत बनाइन् । युवराजसँग सार्वजनिक स्थलमै मस्ती गरेको पनि प्रितीलाई धेरैले देखे । युवराजले प्रितीको घर नजिकै विशाल फ्ल्याट समेत किनेका थिए । तर पछि प्रितीले युवराज फ्लर्ट भनेकी थिइन् । त्यसपछि उनीहरु छुट्टिए ।

Preity Zinta Yuvaraj Sing-1

 

शेखर कपुरः

preity with Shekhar kapoor
प्रिती र शेखर कपुर पनि कुनै बेला प्रेमी जोडीकोरुपमा चर्चामा थिए । शेखरले प्रितीसँग फिल्म चलाउन चाहन्थे तर त्यो चाँहि कहिल्यै पुरा भएन । पछि प्रिती नेस बाडियासँग नजिकिइन् र उनीहरुबीचको भनाभन् सार्वजनिक मिडियामा हेडलाइन बने । तर पछि शेखर प्रितीको जिन्टाको इश्क इन पेरिसमा देखा परेपछि धेरै अचम्मित भएका थिए ।

मार्क रबिन्सनः

Preity-Zinta mark robinson

धेरै वर्ष अघि प्रितीको चक्कर मोडेल मार्क रबिन्सनसँग पनि चलेको थियो । उनीहरुबीच केही वर्ष सम्म राम्रै सम्बन्ध चलेको थियो । तर पछि उनीहरुबीच ब्रेक अप भयो र सार्वजनिक बाझा बाझ पनि चल्यो ।