अहिलेको समयमा इन्टरनेटको प्रयोग सामान्य भैसक्यो । गुगल र फेसबुक प्रयोग नगर्ने विरलै होलान् । यसैबीच विश्वकै सबैभन्दा बढी प्रयोगकर्ता भएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सूचना जारी गर्दै फेसबुक लाइक बटनबाट प्रयोगकर्ताको निगरानी गर्ने जनाएको छ।

facebook

विहीबार केही बेर बन्द समेत भएको फेसबुकले आधिकारिकरुपमै सूचना निकालेर आफ्ना प्रयोगकर्ताको निगरानी गरिने हुन जानकारी गराएको हो ।

हो अव फेसबुक प्रयोग गर्दा सावधान हुनु पर्ने छ किन भने फेसबुक अन गरेर तपाइँले इन्टरनेटमा गरेका गतिविधीको जानकारी फेसबुकमा जाने छ । फेसबुकले यो कुरा ट्रयाक गर्ने समेत जनाएको छ । गुगलले यस अघी नै यस्तो घोषणा गरिसकेको छ ।

 

फेसबुकले आफ्ना प्रयोगकर्ताको ब्यवहारबारे जानकारी लिन यो निगरानी शुरु गरिएको बताएको छ । आफ्ना प्रयोगकर्ताले के कुरा मन पराउँछन् वा के खोज्छन् भन्ने जानकारी लिन निगरानीले सहयोग पुर्याउने फेसबुकको भनाइ छ ।

फेसबुकले प्रयोगकर्ताको गतिविधी निगरानी गरेर मन पर्ने विज्ञापन हाल्ने योजना समेत बनाएको छ ।

तपाइँले लाइक गर्ने पेजबाट फेसबुकले तपाइँको रोजाइ बारे जानकारी लिने छ र यसै किसिमका थप विज्ञापन तपाइँको पेजमा आउनेछन् ।

FacebookLikeButton1

यदि तपाइँ फेसबुक लगइन गरेर अन्य साइटमा सर्च गर्नुहुन्छ भने पनि यो कुरा फेसबुकमा ट्रयाक हुनेछ । फेसबुकले यसका लागि अटोमेटिक फिचर प्रयोग गर्दैछ जुन मान्छेको छनौट थाहा पाउन सहज माध्यम हो ।

फेसबुकले यो सबै जानकारुी डाटा ब्रोकर कम्पनीलाई दिने र उनीहरुले त्यसै प्रकारले प्रयोगकर्ताको प्रोफाइलमा विज्ञापन पठाउने छ ।

उदाहरणको लागि यदी तपाइँ इन्टरनेटमा मोबाइल वा ल्यापटप सर्च गर्नु हुन्छ भने तपाइँको फेसबुकमा त्यसकै जानकारी आउने छ ।

फेसबुक र गुगलले अपनाएको यो निगरानी प्रविधी प्रयोगकर्ताको निजत्वमाथिको आक्रमण भन्दै विरोध समेत भैरहेको छ ।

युरोप र अमेरिकामा यस सम्बन्धी स्षप्ट कानून भएपनि हाम्रो देशमा भने कुनै कानून छैन । यद्यपी फेसबुक लगआउट गरेर इन्टरनेट सर्च गरेमा भने यो डाटा निगरानी सम्भव हुनेछैन ।