झण्डै एक दशक देखि विश्वका धनाड्यको सूचीमा शीर्ष स्थानमा रहँदै आएका विल गेट्स एक पटक फेरि विश्वका धनीको सूचीमा १ नम्बरमा छन् ।

विश्वका धनीको सूची सार्वजनिक गर्ने फोर्व्स म्यागजिनले गत मार्चमा सार्वजनिक गरेको सूचीमा १ नम्बरमा रहेका गेट्सको सम्पति ७६ अरव अमेरिकी डलर छ । सन् २०१३ मा उनको सम्पति ६७ अरव डलर   थियो ।

 

गेट्स चार वर्षपछि पुनः नम्बर १ धनीको अवस्थमा फर्केका हुन् । बिश्वका सबैभन्दा बैभवशाली ब्यक्तिको जीवन शैली पनि त्यत्तिकै बैभवशाली छ । अमेरिकाको वासिङ्टनस्थित आफ्नो अल्ट्रा लग्जरी बंगला विल गेट्सलाई सबै भन्दा बढी मन पर्छ ।

Bill Gates House 7

Bill Gates House 6

Bill Gates House 1

Bill Gates House spc

Bill Gates House

६६ हजार वर्गफिटमा फैलिएको यो बंगला ७ वर्ष लगाएर बनाइएको  थियो । यो घरमा सम्पूर्णत अत्याधुनिक प्रविधी प्रयोग गरिएको छ । यसलाई Xanadu 2.0नामले पनि चिन्ने गरिन्छ ।

पुरै शहर जस्तो लाग्ने घरको मूल्य १ सय ५० मिलियन डलर पर्ने बताइन्छ ।

Bill Gates House 2

Bill Gates House 3Bill Gates House 4Bill Gates House 5

यो घरमा ७ लग्जरी बेडरुम२४ बाथरूम किचन फायरप्लेस ग्यारेज ११५०० वर्गफीटमा परिवारका लागि मात्र प्राइभेट क्वार्टर र २१०० फिटमा पुस्तकालय छ ।

८४ सिंडी रहेको यो घर ९२ फिट लामो र ६३ फिट अग्लो छ । ए ग्यारेजमा १० कार राख्न सकिने क्षमता छ । यहीँ भित्र फिल्म हल समेत छ ।

७ वर्षमा बनाइएको यो बंगलामा पानीमुनीको म्युजिक सिष्टम सहितको स्वीमिङ पुल र २५०० वर्गफिटमा जिम र १०० वर्ग फिटमा डाइनिङरुम  छ ।

Bill Gates House 8Bill Gates House 9Bill Gates House 10

 

विल गेट्सको यो बंगला एक तालको किनारामा छ जहाँबाट हेर्दा समुन्द्री किनारामा रहेको भूभाग जस्तो देखिन्छ ।

एजेन्सीको सहयोगमा