आमिर खानको आउदै गरेको फिल्म ‘पिके’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । यो पोस्टरमा आमिर खान पुरै न्युड भएका छन र दुबै हातले एउटा रेडियो समाएका छन ।

aamir pk1

 

आमिर खान बलिउड इतिहासमै पहिलो पटक न्युड भएका छन । राजकुमार हिरानीको निर्देशनमा बनेको यो फिल्मको आमिर खान, राजकुमार हिरानी, विदु विनोद चोपडा र सिध्दार्थ राय कपूरले निर्माण गरेका हुन ।

फिल्ममा आमिर खानको साथमा अनुष्का शर्मा, सुशान्त सिंह, सन्जय दत्त आदि पनि प्रमुख भुमिकामा रहेका छन । यो फिल्म भने आउदो डिसेम्बर मा रिलिज हुँदैछ ।

 

aamir pk