दिपिका पादुकोण अहिलेकी बलिउडमा सबैभन्दा हिट अभिनेत्री सुन्दरी मध्य एक हुन् । खासगरी सन् २०१३ त पादुकोणका लागि फलिफाप नै सावित भयो । उनी अहिलेकी ए वान हिरोइन मात्र होइन सबैजसो चलचित्र सुपर हिट बनाउन सक्ने बहुआयामिक कलाकार पनि सावित भैसकेकी छिन् । 

deepika-boyfriend

यी सुन्दरकीका धेरै शुभचिन्तक पनि छन् । त्यति मात्र होइन उनी बलिउडको विज्ञापन उद्योगमा प्रवेश गरे लगत्तै उनको जीवनमा प्रेमीहरुको पनि कमि भएन । यहाँ हामीले पादुकोणका पाँच प्रेमीको बारेमा चर्चा गरेका छौं ।

निहार पाण्डिया

deepka nihar

निहार पाण्डिया दिपिका पादुकोणका प्रथम प्रेमी नै थिए भन्दा पनि हुन्छ । उनीहरुबीच सन् २००५ मा मुम्बइमा अभिनय सिकाउने स्कुलमा भेट भएको थियो । उनीहरुबीच दोस्ती र रोमान्स सम्म चल्यो । निहार र दिपीका हिमेश रेशमियाको एक म्युजिक भिडियोमा सँगै देखिएका थिए । तर रणबीर कपुरसँग नजिकिएपछि भने दिपिकाले निहारलाई लात मारिदिइन् ।

युवराज सिंह

dipika with yobraj

भारतीय क्रिकेटका सेलिब्रेटी युवराज सिंहले पनि कुनै समय दिपिका पादुकोणसँग रोमान्स गरेका थिए । हुन त युवराजले बलिउडका धेरै सुन्दरी घुमाए तर दिपिकासँग पनि उनको रोमान्स चलेको थियो । किम शर्मासँग रोमान्स गरिरहेका युवराजले किमले आफूलाई छोडेपछि दिपिका तिर आकर्षित भएका थिए । निहारसँग टाढिएको र रणबीरसँग नजिकिनु अघि सम्म दिपिका युवराजसँग जोडिएकी थिइन् ।

 सिद्धार्थ माल्या

deepika siddhartaदिपिका पादुकोण ब्यापारी सिद्धार्थ माल्यासँग पनि सम्बन्धमा आएकी थिइन् । मदिरा उत्पादक कम्पनीका मालिक सिद्धार्थ र दिपिका आइपिएलमा समेत सँगै देखिएका थिए ।

 रणबीर कपुर

दिपिका र रणबीरको प्रेम सम्बन्ध सबैभन्दा चर्चित बलिउड रोमान्स मध्ये पर्छ । बचना ए हसिनो भन्ने चलचित्रको क्रममा दिपीका पुराना प्रेमी निहारसँग भर्खरै टाढिएकी थिइन् । अवार्ड कार्यक्रममा दिपीकालाई प्रेम प्रस्ताव गरेका रणबीरले ३ वर्ष सम्म उनीसँग रोमान्स गरे । रणबीर क्याट्रिनासँग नजिकिएपछि उनीहरुबीचमा समस्या आयो । रणबीरसँगको आफ्नो सम्बन्ध आफ्ना लागि नयाँ दुनियाँ नै रहेको स्वीकार दिपिकाले हालै मात्र कफी विद करणमा गरेकी थिइन् ।

ranbir-kapoor-and-deepika-padukone

 रणबीर सिंह

रणबीर कपुरसँग ब्रेक अप भएपछि विक्षिप्त भएकी दिपिका रणबीर सिंहसँग नजिकिएको चर्चा बलिउडमा निक्कै चलेको छ । यद्यपी आफ्नो सम्बन्ध कस्तो हो भन्ने विषयमा उनीहरुले सार्वजनिक स्वीकारोक्ति गरेका छैनन् । रणबीर कपुरसँगको सम्बन्धबारे बोले पनि दिपिकाले रणबीर सिंहबारे केही बोलेकी छैनन् । तर रणबीर भने दिपीकालाई अंगालो हाल्दै र चुम्बन गर्दै गरेको अवस्थामा धेरै पटक भेटिइसकेका छन् ।

Deepika-Padukone-Ranveer-Singh-Kiss