२२ असोज, एजेन्सी ।

पाकिस्तानमा हत्या गरिएका पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टोका छोरा एवं पाकिस्तान पीपुल्स पार्टीका नेता विलावल भुट्टोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कडा चेतावनी दिएका छन् ।

 

कश्मिरको सीमा क्षेत्रमा रहेको लाइन अफ कन्ट्रोलमा भारतीय पक्षले गोली चलाएको आरोप लगाउँदै विलावलले आफूहरु गुजरात हिंसाका पीडित जस्तो नरहेको भन्दै कडा जवाफ दिने चेतावनी दिएका हुन् ।

Bilwal Bhutto

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर विलावलले लेखेको ट्वीटमा मोदीले पाकिस्तानलाई इजरायलले प्यालेस्टाइनमाथि गरेको आक्रमण जस्तो गरी ब्यवहार गर्न खोजेको भन्दै आफूहरु गुजरातका हिंसा पीडित जस्तो चुप लागेर नबस्ने बरु कडा जवाफ दिने चेतावनी दिएका छन् ।

 

उनले लेखेका छन्ः

Another attack on LOC. seems India adopting Israle model vs Pakistan.Modi must realize we can retaliate unlike his victims from Gujarat.’

कतिपयले विलावलले इजरायलको स्पेलिङ समेत सुद्ध नलेखेको भन्दै खिल्ली उडाएका छन् ।

 

केही दिन यता विवादित कश्मिर क्षेत्रमा पाकिस्तान र भारतबीच गोली हानाहान भैरहेको छ । दुवै तर्फ हताहती हुने क्रम पनि जारी छ ।

केही दिन अघि मात्र विलावलले कश्मिरको एक इन्च पनि भारतलाई नदिने उद्घोष गरेका थिए ।

 

यो पनि पढ्नुस् 

राष्ट्रपतिका छोरा विदेशमन्त्रीसँग आपत्तिजनक अवस्थामा फेला परेपछि…. (तस्विर सहित)

 

बेनजिर भुट्टोका छोराले भने- कश्मिर भारतबाट खोसेरै छोड्छु