narendra modi
१९ मङ्सिर, काठमाडौँ ।

भारतीय सरकार प्रमुख नरेन्द्र मोदीलाई व्यङ्ग्य गरेको भन्दै नेपाल टेलिभिजनले लोकप्रिय हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’को ५७६ औं श्रृखंलाको प्रसारण रोकेको छ।

 

नेपाल टेलिभिजनको यो रवैयाप्रति असन्तुष्ट हुँदै दिपक राज गिरीले फेसबुकमार्फत आफ्नो कडा विरोध जनाएका छन

मोदीको कारणले तीते सत्य नआउने …….
आज प्रसारण हुनु पर्ने तीते सत्यको श्रृंखला मोदीको नक्कल गरिएको कारण देखाइ प्रसारणमा रोक लगाइएको छ
यो श्रृंखलामा गाँउमा बिकाश काममा शिथिलता देखि एक ब्यक्तिलाइ नक्कलि मोदि बनाएर ल्याए पछि बिकाश धमाधम गर्न थालिन्छ।
के कारण देखायियो सम्बन्धीत पक्षबाट?
१)मोदी जस्तो ब्यक्तिको क्यारिकेजर गर्नु हुन्न
२) उहाँ जस्तो ब्यक्तिको क्यारिकेचर गर्दा भोलि जवाफ दिनु पर्ने हुन्छ
मेरो जवाफ
१) भारतमा नै मोदी लगायत नेताहरूको मज्जाले क्यारिकेचर गरिन्छ, लोकतन्त्रको सुन्दरता नै यहि हो जस्मा हरेक प्रसिद्ध ब्यक्तिको नक्कल वा व्यड़ग्य गर्न पाइन्छ
२) तीतो सत्यमा देखाइएको बिषयमा दुइ देश बिचको सम्बन्धमा आँच आउने कुनै बिषय छैन न मोदी लाइ नराम्रो देखाइएको छ तथापि….
तीतो सत्य यहि रहेछ हाम्रो देशमा सम्मान होइन चाकडि बिक्छ,
लोकतन्त्र कागजमा होइन ब्यबहारमा हुनु पर्छ।
संबाद हिन्दी भयो पनि भनियो, मोदीको अभिनय गर्दा शायद भाषा चाइनिज हुन सक्दैन…
सम्मान गरौ चाकडि होइन

dipak-raj-giri