बलिउडका सुपरस्टार सलमान खानलाई उनकी एक प्रेमिकाले झापड हानेको खुलासा सलमान आफैले गरेका छन् । उनकी पूर्व प्रेमिका संगीता बिजलानीले सलमानलाई झापड हानेको थुप्रै वर्षपछि यो कुरा सार्वजनिकरुपमा स्वीकार गरेका हुन् ।

salman sangita

सलमानले आफू र संगीताबीच निक्कै झगडा भएको र संगीताले आफूलाई झापड हानेको बताएका छन् । खासमा बिगबोस सिजन ८ को एक एपिसोडमा सलमानले आफूले पनि जीवनमा झापड खाएको खुलासा गरेका हुन् ।

त्यहाँ झगडा गरिरहने प्रतियोगीहरुलाई सम्झाउने क्रममा सलमानले जीवनमा झापड खानु कुनै ठूलो कुरा नभएको र आफूले पनि खाएको बताएका हुन् ।

salman-khan Sangita Bijlani

यद्यपछि पछि भने सलमानले संगीताले आफूलाई जानीजानी नहानेको र भुलबस लागेको भन्दै आफ्नै मजाक गरे ।

संगीता विजलानी सलमानका पूर्व प्रेमिका मध्ये धेरै चर्चित मध्ये पर्छिन् । उनीहरुको विवाह हुने भन्दै कार्ड समेत छापिएपछि उनीहरुको सम्बन्ध टुटेको थियो ।