एउटा चर्चित हिन्दी गीत छः ‘दिल तो बच्चा है जी’ हो प्रेममा पर्ने हरु यस्तै भन्छन् । यो दुनियाँमा कसैले गाएर त कसैले नगाइकन यो गीतको अनुभव गरेकै हुन्छन् अधिकाँश मानिस ।

सामान्य मान्छेको जीवनमा त यस्तो हुन्छ हुन्छ कतिपय विश्व चर्चित ब्यक्तिहरुको जीवनमा पनि यही गीत लागु भएको देखिन्छ । त्यस्तै एक ब्यक्ति हुन् यो वर्ष संसारकै सबै भन्दा शक्तिशाली ब्यक्तिको सूचीमा एक नम्बरमा परेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।

putin gf 10

भ्लादिमिर पुटिन आफू ६२ वर्षका भैसके । तर उनको बैंस भने अझै पनि जवान छ । उनी केही समय यता आफू भन्दा ठीक आधा उमेरकी चर्चित खेलाडी सुन्दरीसँग उनको प्रेम चलिरहेको छ ।

हालै मात्र पुटिनले आफू र खेलाडी सुन्दरी एलिनाबीच प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् ।

सन् २००८ देखि नै उनीहरुबीचको प्रेम सम्बन्धको चर्चा चलेपनि अहिले आएर पुटिनले यो कुरा स्वीकार गरेका हुन् । उनले आफ्नी पुरानी पत्निलाई पारपाचुके पनि दिएका छन् ।

putin gf

पुटिनले गत वर्ष मात्र ३० वर्षा लामो बैबाहिक जीवन अन्त्य गर्दै पत्निसँग सम्बन्ध विच्छेद गरेका थिए । पुटिनका यस अघिकी पत्नीबाट २ सन्तान समेत छन् ।

putin gf 10< putin gf 10< putin gf 10<

पुटिन संसारकै सबै भन्दा प्रभावशाली नेताको सूचीमा अग्रस्थानमा छन् । अव यिनै ब्यक्तिकी पत्नि अर्थात रुसकी प्रथम महिला बनेर एलेना पुटिनको दरवारमा भित्रिइन् भने आश्चर्य हुने छैन ।

यस्तो प्रेम प्रसंगले विश्वभरी हेडलाइन बनाउने पुटिन एक मात्र नेता होइनन् । अन्य देशका नेताले पनि यस्तो चर्चा कमाइसकेका छन् ।

गत वर्ष मात्र फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डको एक सुन्दरी अभिनेत्रीसँगको प्रेम प्रसंग सार्वजनिक हुँदा हंगामा भएको थियो भने अमेरिकी भूतपूर्व राष्ट्रपति विल क्लिन्टन पनि मोनिका लेभेन्स्कीसँगको यौन प्रकरणले विवादमा परेका थिए ।

putin gf 10< putin gf 10< putin gf 10<

पुटिनकी प्रेमिका एलेना यस अघि नै सांसद बनिसकेकी छिन् । उनले ६ वर्ष सांसद बनेपछि अहिले सरकार समर्थित सञ्चार माध्यम सम्हालीरहेकी छिन् ।

३१ वर्षकी एलिना ओलम्पिक मेडल जित्ने खेलाडी समेत हुन् ।

putin gf 10< putin gf 10< putin gf 10< putin gf 10<

अव पुटिनले कहिले एलिनालाई रुसकी प्रथम महिला बनाउँछन् त्यो भने हेर्न बाँकी छ ।

एजेन्सी ।

यो पनि हेर्नुस्

पुटिनले चिनियाँ प्रथम महिलालाई दोसल्ला ओडाएपछी हंगामा (तस्विर सहित)

भ्लादिमिर पुटिनसँग ५८ विमान, ७०० कार र २० दरवार (फोटो फिचर)

मोडल र खेलाडी पनि हुन् भ्लादिमिर पुटिन (फोटो फिचर)