२१ पुस, एजेन्सी ।

महेन्द्र सिंह धोनीले अकस्मात सन्यास लिएपछि भारतीय टेष्ट क्रिकेट टिमका कप्तान बनेका बिराट कोहोलीले पहिलो पटक धोनीको सन्यासबार मुख खोलेका छन् ।

कोहोलीकै कारण सन्यास लिएका भनिएका धोनीको सन्यासबारे कोहोलीले दिएको बयानलाई भारतीय सञ्चार माध्यमले निक्कै महत्व दिएका छन् ।

Dhoni  virat

विराट कोहोलीले धोनीको सन्यास अचम्मित पार्ने गरी आएको र ड्रेसिङ रुममा धोनीले यस्तो निर्णय सुनाउँदा के भन्ने के नभन्ने भनेर आफूहरुले सोंच्नै नसकेको खुलासा समेत उनले गरेका छन् ।

आफूहरुले धोनीको यस्तो निर्णय आउने अनुमान समेत नगरेको र धोनीको निर्णयले आफूहरु एकै पटक भावुक बनेको समेत बताएका छन् ।

आफूले धोनीकै कप्तानीमा करिअर शुरु गरेको स्मरण गर्दै विराटले धोनी जस्तै जिम्मेबारी पुरा गर्न आफू पनि सफल हुने अपेक्षा ब्यक्त गरेका छन् ।

यसैबीच भारतीय क्रिकेट टिमका निर्देशक रवि शास्त्रीले विराट र धोनीको बिचमा सम्बन्ध सामान्य रहेको बताएका छन् । विराट र आफ्नो सम्बन्धका कारण धोनीले सन्यास लिएको कुरा पनि उनले अस्वीकार गरेका छन् ।

अष्ट्रेलियासँग टेष्ट चलिरहेको समयमा अकस्मात धोनीले सन्यासको घोषणा गरेपछि विश्वभरी नै हेडलाइन बनेको थियो ।

यो पनि हेर्नुस्

धोनीको सन्यास फिर्ता हुने !

यस्तो रहेछ धोनीले सन्यास लिनुको कारण