धेरै जस्तो मानिस सोच्छन कि योगा कोमल तथा मन शान्त गर्नको लागि हो, तर यो थाहा छैन कि योगा एउटा अभ्यास पनि हो जसले तपाइको नचाहिने मोटोपन तथा तौल घटाउँछ। तपाइले चाहे जस्तो, खोजेजस्तो र सोचेजस्तो शरिर कामय राख्न मद्दत गर्ने विधि पनि त हो योगा।

योगाका भक्तहरुको कुरा मात्र रहेन, वैज्ञानिक तवरले नै प्रमाणित हुदै छ, कि योगाले शरिरलाइ तन्दुरुस्त राख्नु को साथ साथ तौल पनि घटाउँछ।

अमेरिकाका सोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार, १५,००० स्वस्थ मानिसहरु जो ५३-५७ उमेर बिचमा छन, हप्तामा कमसेकम एक चोटी योगा गर्नेको २ कजी सम्म तौल घटेको पाइयो, जब कि योगा नगर्नेहरुमा तौल घटेको कुनै छनक भेटिएन।

yogabanner

अर्को एक अध्ययन अनुसार, मुटुका बिरामीहरु को एक ग्रुपमा योगा नियमित गराउदा, पहिलो बर्षमानै १० केजी भन्दा बढी तौल घटेको पाइयो।

योगाले तपाइलाइ तौल घटाउन चाहिने कला सिकाउँछ। जीवनको एक अंगको रुपमा सोच्नुहोस योगालाइ, अनि योगाले तपाइलाइ आफ्नै शरिरको अंग झै मद्दत गर्नेछ।

आउनुहोस, योगाको यो १० स्टेपहरु सिकौं, जुन आधुनिक योगाको जग पनि हो। बिहानीपख दिनलाइ स्वागत गर्न लागेझै गरिने यो स्टेपहरुले मेरुडण्ड लगाएत सारा शरिरको कसरत गराउछ।

यो योगाको चरणहरुमा योगी अनुसार नै सामान्य फरकपन पाइन्छ। तर महत्वपूर्ण कुरा योगा गर्दा श्वासको गति संग शरिरको चाल मिलाउनु पर्ने हुन्छ। सामान्यतथा शरिर माथि तिर चलिरहेको छ भने श्वास लिने गरिन्छ भने शरिरको चाल तलतिर छ भने श्वास फाल्ने गरिन्छ।

१. सिधा उभिनुहोस र नमस्कार गर्नुहोस

Yoga 1

सिधा उभिनुहोस। खुट्टाहरु बिचमा थोरै मात्र दुरि राख्दै दुबै हात जोडेर नमस्कार गरेको स्थितिमा छाती उठाएर केहि बेर उभिनुहोस।


२. स्वास तान्नुहोस

Yoga 1

नाकबाट श्वास लिदैं दुबैहात तस्बिरमा झै टाउको माथि लैजानुहोस।


३. खुट्टा सिधा, अगाडि झुक्नुहोस

Yoga 1

तस्बिरमा झै, कम्मर सम्म शरिर सिधा राखि बिस्तारै श्वास फाल्दै अगाडी झुक्दै जानुहोस र दुबैहात खुट्टामा राख्नुहोस।


४. आधा उभिने र अगाडि हेर्नुहोस

Yoga 1

बिस्तारै श्वास तान्दै बिस्तारै उठ्दै जानुहोस जबसम्म तस्बिरमा जस्तो स्थितिमा आउनुहुन्न। हातको औलाहरुले भुइँमा छुनुहोस् र सिधा अगाडि हेर्नुहोस्।


५. घोप्टो हुनुहोस र दुबै हातले भुइमा राख्नुहोस

Yoga 1

श्वास बिस्तारै फाल्दै, खुट्टा आफुभन्दा पछाडि राख्दै, हातहरु कुम भन्दा तल, खुट्टा सिधा पछाडी तिर गर्नुहोस। ढाड सिधा हुनु पर्नेछ।


६. कोब्रा जस्तो स्थिति

Yoga 1

बिस्तारै श्वास लिदै दुबै हातको बलमा बिस्तारै अगाडीको भाग उठाउनुहोस। आफुलाइ गाह्रो नहुनजेलसम्म टाउको उठाउनुहोस। कुम र टाउको सकेसम्मको दुरिमा राख्नुहोस।


७. भुइमा हात र खुट्टाले टेक्नुहोस

Yoga 1

बिस्तारै श्वास फाल्दै हातलाइ अगाडी बढाउनुहोस र हिप बिस्तारै उठाउदै तस्बिरमा झै अवस्थामा आउनुहोस। यो अवस्थामा ४-५ गहिरो श्वास लिनुहोस।


८. अगाडी झुक्नुहोस

Yoga 1

श्वास लिदै एक एक गरि खुट्टा अगाडी गर्नुहोस अनि अगाडी नै हेर्नुहोस। श्वास फाल्दै अब अगाडी झुक्नुहोस, तस्बिरमा झै।


९. श्वास लिदै सिधा हुनुहोस

Yoga 1

श्वास लिदै उठ्नुहोस, हात सिधामाथि लैजानुहोस, तस्बिरमा झै।


१०. सिधा उभिनुहोस

Yoga 1

सिधा हात गरि तस्बिरमा झै उभिनुहोस।

 

तपाईले पढ्न छुटाउन नहुने,

 


 

खानेकुराको तीव्र इच्छा

किनके भात खाँदा भुँडी बढ्छ ?

यस्तो भयो भने बुझ्नुस् क्यान्सर हुँदैछ

लसुन नियमित खानुस् … यस्ता रोगबाट बच्नुस्