१९ फागुन, काठमाडौं ।

भारत भ्रमणमा रहेका एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाका महासचिव राममाधवसँग भेटवार्ता गरेका छन् ।

Baburam with BJP General Secretary

बाबुरामले राममाधवसँग भेटवार्ता गरेको तस्विर ट्विटरबाट सार्वजनिक गरेका हुन् । उनीहरुबीच के कुराकानी भयो भन्ने विषयमा प्रष्ट भएको छैन ।

फागुन १६ मा खुल्लामन्चको सभामा भाषण गरेर दिल्ली तथा मुम्बाइ पुगेका बाबुरामले भारतमा विभिन्न नेता तथा बरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरिरहेका छन् ।

सोमबार मात्र भारतका चर्चित अखवारहरुमा बाबुरामका अन्तर्वार्ता पक्राशित भएका थिए ।

बाबुरामले भारतमै एमाले र कांग्रेसको आलोचना गरेको भन्दै उनको आलोचना पनि भएको छ ।

यो पनि हेर्नुस्

हिन्दुस्तान टाइम्समा बाबुरामको अन्तर्वार्ता