Salman-Khanनायक सलमान गर्लफ्रेण्डका कारण निकै चर्चामा आउने गर्छन् । करिब ५० वर्षको उमेरमा टेक्न लागेका सलमान बेला-बेलामा आफ्ना नयाँ नयाँ गर्लफ्रेण्डका कारण चर्चामा रहने गर्छन् । केही समय अघि रोमानीयाकी नायीका लूलिया वान्टरसँग डेटिङमा रहेका नायक सलमान खान अहिले फेरी अर्की केटीसँग देखिएका छन् ।

केही समयसम्म लुलियासँग डेटिङमा रहेका सलमान नयाँ केटीसँग भेटिएका छन् । उनले भेटेको नयाँ केटी हुन् ‘डेजी शाह’ ।
सलमान खान र डेजी शाह केहीदिन यता धेरै कार्यक्रममा सँगै देखिने गरेका छन् । स्रोतहरूले दिएको जानकारी अनुसार यी दुईले सुटिङका क्रममा धेरै नै समय बिताउने गरेका छन् ।

डेजी र सलमान अहिले लवासामा शुटिङमा व्यस्त छन् । सलमानलाई सुटिङबाट जति बेला फुर्सद मिल्छ उनी डेजीसँगै समय बिताउने गर्छन् र कहिलेकाही डेजिसँग साइक्लिङ्गमा जाने गर्छन् । मानिसहरूले के समेत भन्न थालेका छन् भने सलमानले डेजीको क्यारिअर सुधार्ने टिप्सहरू दिइरहेका छन् ।

यता डेजीले उनलाई मानिसहरुले के भन्छन् भन्ने विषयमा चिन्ता नभएको र मानिसहरू जस्तो मन लाग्यो त्यस्तै कुरा गर्ने गरेको आरोप लगाएकी छिन् । सलमानलाई उनी आफ्नो विषेश साथीको रूपमा हेर्छिन् र उनलाई यो पनि खुसी छ की उनी सलमानसँग काम गरिरहेकी छिन् ।