१२ पुस, काठमाडौं।

मधेसी मोर्चाको एक घटक सदभावना पार्टीले भने सरकारसँग वार्ताको औचित्य समाप्त भएको बताएको छ । सदभावना पार्टीका महासचिव मनिस कुमार सुमनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्र महतो माथि सरकारले आक्रमण भएको भन्दै सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने बताए ।

मोरङ्को विराटनगर भन्सार नाकामा हिजो धर्ना बस्न खोज्ने मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा महतो घाईते भएका थिए । यसविषयमा मोर्चामा आवद्ध अन्य दलहरुसँग पनि छलफल गरेर वार्ता वहिस्कार गर्ने र आन्दोलनलाई अझै शसक्त बनाउने सुमनको भनाई छ ।

तर तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भने वार्ता वहिस्कार नगर्ने बताएका छन् । उनले आफूहरु वार्ताकै माध्यामबाट समस्याको समाधानका लागि सक्रिय रहेको भन्दै वार्ताबाट नभाग्ने बताए ।

यो पनि पढ्नुस्।

नाकामा कुटिए राजेन्द्र महतो, टाउको र घुँडामा चोट

प्रचण्डलाई उपेन्द्रको प्रश्न–राजेन्द्र महतोलाई घाइते बनाएर वार्ता हुन्छ ?

दुई वर्षभित्रै पार्टीलाई एक नम्बरको बनाउँछु : प्रचण्ड

मोर्चालाई फकाउदै प्रचण्ड भड्काउदै ओली

बाबुरामले अध्यक्ष नपाउदा पार्टी छोडेः प्रचण्ड