सलमान खानको एक च्यारिटी फाउन्डेसन चलाउँछन् जसको नाम रहेको छ ‘बीइंग ह्यूमन’। सन् २००७ बाट सुरु भएको यो फाउन्डेसन सलमानले अन्यको सहयोगार्थ खोलेका थिए। सन २०१४-१५ मा बीइंग ह्यूमनले १७० करोड भारु (२७२ करोड नेपाली रुपैया) कमाएको थियो।

being human salman  khan tshirt (2)

के गर्छ यो फाउन्डेसन?

बीइंग ह्यूमनले बच्चाको स्वास्थ्य र शिक्षा समेत तमाम मानिसका बिमारी र कठिन समयमा आर्थिक मद्धत गर्छ। सलमानले अहिलेसम्म यो संस्थाबाट बच्चाको स्वास्थ्य, मुटुको अपरेशन र शिक्षाको लागि ५० करोड भार खर्च गरिसकेका छन्। अहिलेसम्म हजार भन्दा बढी बच्चाको मुटुको अपरेसन गरिसकेको छ बीइंग ह्यूमनले।

being human salman  khan tshirt (1)

कहाँ बाट हुन्छ कमाई?

सन् २०१४-१५ मा बीइंग ह्यूमनले १७० करोड भारु कमाएको थियो, यो भन्दा एक वर्ष अघि १३१ करोड भारु कमाएको थियो। बीइङ ह्युमन वेबसाइटको अनुसार यसको अन्य पार्टनर माया फाउन्डेसन, असीमा कोका कोला इन्डिया प्राइभेट लिमिटेड, फोर्टिस फाउन्डेसन, मैरो डोनर रजिस्ट्री इन्डिया, अक्षरा हाई स्कुल, सुजुकी मोटरसाइकल र द म्यासक्स फाउन्डेसबाट बीइंग ह्यूमनलाई सहयोग मिल्छ।

being human salman  khan tshirt (3)

साथै अन्यबाट डोनेसन लिने कार्य बीइंग ह्यूमनले गरेको छैन। बीइंग ह्यूमनले कपडा अनलाइन तथा स्टोरमा बेचेर पैसा जुटाउने गर्छ। बिक्रि मुनाफाको केही प्रतिशत हिस्सा असहायको मद्धतको लागि खर्च गरिने बताइन्छ।

मंधाना इन्डस्ट्री लिमिटेडसंग मिलेर बीइंग ह्यूमनले कपडा बेच्छ। मंधानाको रिपोर्ट अनुसार कम्पनीको कुल १७ बीइङ ह्युमन स्टोर, ६ फ्रेन्चाइजी आउटलेट, ९९ स्टोर, ६० डिस्ट्रिब्युटर र १०० अन्तर्राष्ट्रिय आउटलेट छ, जो बीइंग ह्यूमनको कपडा बेच्छन।

सलमान गर्छन प्रचार

जब यो फाउन्डेसनको स्थानपा भयो तबदेखि नै यसको प्रमोसनको जिम्मा सलमानले लिदै आएका छन्। ठुला कार्यक्रममा सलमान बीइंग ह्यूमनको टिसर्ट लगाएर प्रस्तुत हुने गरेका छन्। यति सम्म कि साथी हरुलाई उपहार दिँदा समेत सोही टिसर्ट गिफ्ट गर्ने गर्छन।

यो पनि पढ्नुस्।

आज सलमान खानको पचासौं जन्मदिन: २६ वर्ष फिल्ममा फरक अवतार