१३ पुस, काठमाडौं ।

मधेसी मोर्चाले अघि सारेका मागका विषयमा साझा धारणा बनाउन प्रमुख दलहरुको बैठक प्रधानमन्त्री निबास बालुवाटारमा बसिरहेको छ ।

मधेसी मोर्चासँग भएको छलफलका आधारमा साझा धारणा बनाउन प्रमुख विपक्षी कांग्रेससहित सत्तारुढ एमाले र एमाओवादीको बैठक बसेको हो । कांग्रेस, एमाओवादी र मोर्चाबीच छलफल भएको पछिल्लो छलफल सकारात्मक भएको भन्दै तीन दल छलफलमा जुटेका हुन् । कांग्रेस र एमाओवादी आन्दोलनरत मधेसी मोर्चाले उठाएको सीमांकनसहित ११ बूँदे मागमा साझा धारणा बनाएर जान तयार भएका छन् ।

Baluwatar Top Leader Meet

एमालेले भने मोर्चाको मागका बिषयमा पछिल्लो धारणा सार्वजनिक गरेको छैन । मधेसी मोर्चाले संबिधान संसोधन सँगै सीमांकनको विषय पनि प्याकेजमा टुंग्याउनुपर्ने अडान राख्दै आएको छ । प्रमुख दलहरुले भने सिंमाकनका लागि तीन महिना समय दिएर राजनीतिक समिति बनाउने प्रस्ताव गरेका छन् । बैठकमा सदन सुचारु गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।