चीनले केही दशक यता गरेको अभुतपुर्व विकास लुकेको छैन्। देशैभरि विशाल भौतिक संरचनाहरु निर्माण गरेर चीनले संसारलाई अचम्मित पारेको छ।

झण्डै असंभव जस्ता लाग्ने रोड, पुल लगायतका  निर्माणमा चीनले ठुलो सफलता हासिल गरेको छ। लामा र फराकिला रोड देखि समुन्द्रमाथि पुल र  सुरङमार्गहरुमा निर्माणमा पछिल्लो दुइ दशमा चीनले ठुलो लगानी गर्यो .

तस्विर कथामा हेरौ चीनमा महत्वपुर्ण निर्मामणहरु..

१. झोंगनन माउन्टेन  हाइवे टनेल:

३६  किलोमिटर लामो यो सुरुङमार्गले चीनको बाओता र माओमिङलाई जोड्छ। यसलाई संसारकै ठुलो मध्येको एक निर्माण मानिन्छ। यो सुरुङ पार गर्न गाडीबाट १५ मिनेट लाग्छ।zhongnan tunnel

२। हाङजु बे ब्रिज

हाङजुको यो पुल समुन्द्रमाथि बनेको संसारको सबै भन्दा लामो पुल हो।यसको लम्बाई ३६ किलोमिटर छ. ।सन २००३ मा निर्माण शुरु भएको यो पुल सन २००७ मा पुर्ण रुपमा बनेको थियो। सन २००८ मा मात्र यसको प्रयोग शुरु गरिएको थियो।Hangzhou Bay Bridge china

३. २४ जिगज्याग रोड

वास्तवमा यो ठाँउको नाम हो। यहाँ ४ किलोमिटर लामो रोडमा २४ बटा घुमाउरा घुम्ति छन्।   यो रोड दोस्रो विश्वयुद्ध ताकानै निर्माण भएको हो। जापानले बर्मा रोड बन्द गरिदिएपछि पश्चिमबाट सामान भित्राउनको लागि यसको निर्मांण भएको थियो। पछी यसको नाम स्टिलवेल रोड राखिएको थियो।The 24 Zigzags

४. सुहुवा हाइवे

प्यासिफिक ओसन देखि पडाडसम्म जोड्ने सुहुवा हाइवे चर्चित ल्याण्डस्केप  रोड हो। जम्मा ११८ किलोमिटर यो रोड समुन्द्रको किनानै किनार हुँदै पहाडसम्म पुग्छ। सुअाओ शहर बाट शुरु हुने यो रोड हुआलिन काउन्टीसम्म पुग्दछ।Suhua Highway

५. आइझाइ वाइन्डिङ रोड

हुनान प्रान्तमा पर्ने यो रोड जति सुन्दर देखिन्छ उतिनै डरलाग्दो पनि छ। पहाडमा बनाइएको यो रोडमा कयौं घुम्तिहरु छन्।Aizhai Winding Mountain Road

६.आइझाइ ब्रिज

हुनान प्रान्तको आईझाइ शहरमा पर्ने यो पुलको लम्बाई १ किलोमिटर छ । रातो रंगको यो पुलमा १८०० भन्दा बढि त सडक बत्ति नै छन्।  यो पुल निकै सुन्दर र भब्य मानिन्छ।Aizhai Suspension Bridge

७. टिबेट वाइन्डिङ हाइवे

उच्चपहाडी क्षेत्र टिबेटमा बनेको यो हाइवे पनि सुन्दरसंगै खतरनाक मानिन्छ। यो टिबेटको चाङदुस्थित याला पहाडबाट अघि बढछ । Tibet’s Winding Highway

८. वाल बिल्ट अप हाइवे

शाङजी प्रान्तमा पर्ने यो हाइवे पहरो खोपेर तयार पारिएको हो। यसलाई संसारको डरलाग्दो मध्ये एक रोड मानिन्छ।Tibet’s Winding Highway