२१ पुस, काठमाडौं ।

बलिउड ‘बिगस्टार’ अमिताभ बच्चनको परिवार नै ‘फिल्म इन्डस्ट्री’मा समर्पित छ । आफू, श्रीमती र छोरा त छँदै थिए, अमिताभले चर्चित अभिनेत्री ऐश्वर्या रायलाई नै बुहारी बनाएर भित्र्याए ।

अभिषेक र ऐश्वर्याबाट छोरी जन्मिइन्, आराध्या । उनी पाँच वर्षकी भइसकेकी छिन् । अब, अमिताभको लक्ष्य रहेछ, नातिनी आराध्यालाई पनि ‘फिल्मी स्टार’ नै बनाउने । यति मात्रै होइन, अमिताभ आफ्नी नातिनीको जोडी शाहरुखको छोरा अबराम बनेको देख्न चाहन्छन् ।

अबराम र आराध्यालाई एकैसाथ पर्दामा देखाउने चाहना उनले व्यक्त गरेका छन् । त्यसो त अमिताभको यो चाहना शाहरुखको भनाइको प्रतिक्रियास्वरूप आएको हो । केही दिनपहिले ‘दिलवाले’को पत्रकार सम्मेलनमा शाहरुखले अबराम र आराध्याको जोडी सबैभन्दा राम्रो हुने र भविष्यमा पर्दामा सँगै देख्न चाहेको बताएका थिए ।

शाहरुखको यही इच्छामाथि उनले प्रतिक्रिया दिएका हुन् । अमिताभले शाहरुखको नाम लिँदै भने, ‘उनको मुखमा घिउ, सक्खर, दूध मिलाई सबै जाओस् ।’ आराध्याभन्दा अबराम करिब दुई वर्ष कान्छा छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।