२६ पुस, एजेन्सी।

१० जनवरीमा लण्डन, न्युयोर्क सहित कयौं सहरमा ‘नो प्यान्टस् सबवे राइड’ हुदैछ। सन् २००२ मा सात जना युवाले मजाकमै सुरु गरेको यो चलनको लागि सन् २००६ मा न्युयोर्कमा १५० मानिस सहभागी थिए। सन् २०१३ सम्म आइपुग्दा विश्वका ६० सहरले यो चलन पछ्याएको थियो।

no pants subway ride 2109047

यसरी बिना प्यान्ट रेलमा यात्रा गरेकाले सुरु सुरुमा कतिलाई गिरफ्तार पनि गरियो। पछि हरेकवर्ष मानिसहरु यहि दिन बिना प्यान्ट यात्रा गर्न थालेपछि ख्यालख्यालमै सुरु गरेको चलन बन्न पुगेको छ।

पुरुष सहित महिलाको पनि सहभागिता हुने यो कामबाट अन्यले लाज मान्नु नपर्ने आयोजकहरुको भनाइ रहने गरेको छ। केवल रमाइलोको लागि आयोजित हुने यो कार्यक्रम मेक्सिको सिटी, सांघाई, इस्तान्बुल, हङकङ, बर्लिन, पेरिस लगायतको सहरमा समेत आयोजना हुन थालेको छ।

no pants subway ride 9371457 no pants subway ride 8204057 no pants subway ride 718107 no pants subway ride 509337 No-Pants-Subway-Ride-2012-New-York-2012 no pants subway ride 4446727 no pants subway ride 6379617 no pants subway ride 3276337वि