बक्स अफिसमा दिलवालेको खराब प्रदर्शनलाई लिएर रोहित शेट्टी र शाहरुख खान बिच विवाद सुरु भएको छ। बाजीराव मस्तानीसगै रिलिज भएको दिलवालेको कमाइ उत्साहजनक रहेन। जबकी यी दुईको पछिल्लो फिल्म ‘चेन्नई एक्सप्रेस’ ले करिब ३०० करोड भारुको कारोबार गरेको थियो।

rohit-shetty shahrukh khan

रोहित शेट्टीको टीमले शाहरुखको कम्पनी रेड चिलीजलाई फिल्मको नायकले जति बाँकी फिल्मको लागि प्रमोशन गरेका थिए त्यति यो फिल्मको लागि नगरेको आरोप लगाएको छ। साथै फिल्मको बजार व्यवस्थापन पनि राम्रो नभएकाले फिल्म ‘फ्लप’ भएको टीमको ठहर छ।

दोस्रोतर्फ शाहरुखले पनि फिल्म फ्लप भएकोमा रोहित शेट्टीलाई औलो ठड्याएका छन। रोहित आफ्नो टिममा जरुरत भन्दा बढी भर परेका र आफैले केही नगरेको शाहरुखको आरोप छ।

दिलवाले १८ डिसेम्बरमा रिलिज भएको थियो। अहिलेसम्म बलिउड बक्स अफिसमा यसले करिब १५० करोड भारु कमाएको अनुमान गरिएको छ। करिब १०० करोड भारु बजेटको यो फिल्मबाट उल्लेख्य नाफा आउन नसक्दा फिल्म फ्लप भएबराबर मानिएको छ। फिल्म नचल्नाले फिल्म वितरकलाई निकै घाटा बेहोर्नुपरेको छ।

रोहित र शाहरुख नजिकका साथी हुन। यी दुईको विवाद भएको घटना निकै विरलै सुनिने गरेका थिए।

यो पनि पढ्नुस्।

भविष्यमा देख्न सकिने भवन, आर्किटेक्टले बनाए डिजाइन

आमिर र शाहरुख सहित ४० कलाकारको सुरक्षामा कटौती

विवादित बयानको सिकार बन्यो ‘दिलवाले’, दुखी भए शाहरुख

सुटिङ्गको क्रममा बलिउड अभिनेता अमिताभको करङ भाँच्चियो

अमिताभ बच्चनले भने: मेरो १ चौथाइ कलेजोले मात्र काम गरेको रहेछ

सलमानले भेटे हिरोइन, सुल्तानमा अनुष्काले पाइन मौका