‘कमेडी नाइट्स विथ कपिल’ को अन्तिम भाग जनवरी १७ मा प्रशारण भयो। छोटो समयमै निकै चर्चा बटुलेको भारतको यो कमेडी कार्यक्रमले नेपाल लगायत विश्वका धेरै देशका दर्शक तान्न सफल भयो। कार्यक्रमका प्रत्येक कलाकारले मानिसको मन चोरे। बिट्टु शर्माको रुपमा कपिलले यो कार्यक्रमबाट नाम, दाम, अनि काम पाए, सर्वाधिक चर्चा कमाए, आफ्नो ब्रान्ड बनाए।

kapil sharma old photos

कपिलको जन्म २ अप्रिल १९८१ मा अमृतसर, पञ्जाबमा भएको थियो। कपिलका पिता जितेन्द्र शर्मा पुलिस कन्सटेबल थिए भने आमा जानकी रानी गृहणी हुन। कपिलका दुइ भाइ-बहिनी छन। अशोक र पूजा शर्मा। १५ वर्षको उमेरमा कपिल १० कक्षा पढ्दै गर्दा उनको पिताको निधन भएको थियो।

कपिल भाइसंग

कपिल भाइसंग

स्कुल पढ्दै देखि थिएटरको लागि लालयित कपिलले कम उमेरबाटै एक्टिङ गर्न सुरु गरेका थिए। क्यारिकेचर गर्ने उनको विशेष कला छ। आफ्नो दुख: लुकाइ मान्छेलाई हसाउँसक्ने कला भएका कपिल अन्तत: आफ्नै बलबुतामा सफल बनी छोडे।

कपिल आमा र भाइसंग

कपिल आमा र भाइसंग

सुरुगर्दा कमेडी नाइट्सको केवल २१ भाग प्रशारण गर्ने अनुमति मिलेको थियो। तर दर्शकको सकारात्मक दबाबका कारण कमेडी नाइट्सको १०० भाग निकै सफलताका साथ प्रशारण भयो। छिट्टै कार्यक्रमले देशव्यापी अनि बाह्य देशसम्म चर्चा बटुल्यो।

कपिल संंग सहकर्मी साथी

कपिल संंग सहकर्मी साथी

कलेज पुरा गरेपछि कपिल पञ्जाब नाट्यशालामा भर्ना भएका थिए, नाटक गर्थे अनि एक्टिङ सिक्थे। एक्टिङमा कपिलले बलिउड भन्दा पहिले पञ्जाबी फिल्ममा काम गरिसकेका छन्।kapil sharma old photos 42481713

कमेडी नाइट्स सुरु गरेपछि बलिउडका थुप्रै हस्तीसंग आमनेसामने आएका कपिल आफैलाई भाग्यमानी ठान्छन्। सामान्य परिवारमा जन्मेका कपिल मेहेनत र लगनले निकै सफल व्यक्तिमा गनिन पुगे। कार्यक्रम बन्द भएपनि कपिलको कमेडी र कमेडी नाइट्स विथ कपिलको चर्चाको कारण वर्षौसम्म पनि ब्रान्डको रुपमा रहने देखिन्छ।

kapil sharma old photos 73748713

यो पनि पढ्नुस्।

मध्यरातमा सलमानलाई भेट्न किन गइन् क्याट्रिना

भुटान विश्वकै रहस्यमय देश