४ माघ, काठमाडौं।

पूर्व मिस नेपाल तथा नायिक झरना बज्रचार्य आमा बन्ने भएकी छिन्।
इन्टाग्राममा उनले अपलोड गरेका तस्बिरले उनी आमा बन्ने थाहा भएको हो।

Jharana bajracharya
अघिल्लो वर्षको फागुनमा राहुल अग्रवालसंग विवाह बन्धनमा बाँधिएकी झरना पतिसंगै मलेसियाको क्वालालम्पुरमा बस्दै आएकी छिन्। राहुल मलेसियामा रेस्टुरेन्ट व्यावसायी हुन।

३५ वर्षिय झरना सन् १९९७ मा मिस नेपाल भएकी थिइन। मोडल तथा नायिकाको रुपमा आफुलाइ स्थापित गरेकी झरनाले हतियार, परेनी माया जालमा, कोही मेरो, लभ इन नेपाल जस्ता फिल्म खेलेकी छिन।

झरनाले इन्स्टाग्राममा अल्ट्रासाउण्ड गरेका तस्बिर पनि सार्वजनिक गर्दै परिवार पूर्ण हुनलागेको र भाग्यामानी महसुस गरेको लेखेकी छिन।

Morning??

A photo posted by Jharana Bajracharya (@jharanabajracharya) on