एजेन्सी।

चीनमा आणविक शक्तिको कुल क्षमता सन् २०२० सम्ममा दोब्बर भएर ५८ गिगावाट पुग्ने एक रिपोर्टले जनाएको छ। चीनियाँ सरकारले प्रकाशन गरेको आणविक पत्रको अनुसार उक्त क्षमतामा ३० गिगावाट शक्ति थपिने जानकारी प्राप्त भएको छ।

China Nuclear Power Plantविकासको मध्यकालीन र दीर्घकालीन उदेश्यलाई मध्यनजर गरेर चीनले सन् २०३० सम्ममा ‘बलियो आणविक शक्ति राज्य’ बनाउने रिपोर्टले बताएको छ।

गत वर्षको अक्टोबरसम्ममा चीनको २७ वटा आणविक भट्टीले २५.५ गिगावाट शक्ति निकालिसकेको थियो भने हाल थप २७.५१ गिगावाट शक्ति निकाल्ने २५ वटा आणविक भट्टीको निर्माण कार्य भैरहेको छ।

यो पनि हेर्नुहोस्-
पाँच जिल्लालाई चीनको छुट्टै सहयोग
चीनमा बन्यो सिसाको पुल
चीनमा सरकारको विरोध गर्नेलाई १९ वर्ष जेल