२२ जनवरीमा रिलिज भएको ‘एयरलिफ्ट’ले मंगलबार करिब १८ करोड भारु कमाइ गर्यो। रिलिज भएको दिन शुक्रबार १२.३५ करोड , शनिबार, १४.६० करोड, आइतबार, १७.३५ करोड, सोमबार १०.४० करोड र मंगलबार १७.८० करोड भारु कमाइ गरेर हप्ता दिन नपुग्दै एयरलिफ्टले ७२.५ करोड भारु कमाइसकेको छ।

airliftt akshya nimrat

अक्षयको पछिल्ला ४ फिल्मको कमाइ पछाडी
एयरलिफ्टको पाँच दिनको कमाइ उनको पछिल्ला ४ फिल्मको पाँच दिनको कमाइ भन्दा बढी छ।

२०१५ को सिंह इज ब्लिङ्गले ५ दिनमा ६८ करोड भारु कमाएको थियो। २०१५ मा नै रिलिज भएका ब्रदर्सले ६३ करोड, गब्बर इज ब्याकले ५२ करोड, र बेबीले ५८ करोड भारु पाँच दिनमा कमाएको थियो।

अक्षयको फिल्म ‘एयरलिफ्ट’ कि नायिका निमरत को हुन?

एयरलिफ्टको कमाइको ट्रेन्ड हेर्दा हप्ता दिनमा यो १०० करोडको क्ल्बमा प्रवेश गर्ने सम्भावना देखिन्छ।