१७ माघ, एजेन्सी।

टर्कीले शनिबार एक अर्को रुसी विमानले आफ्नो वायु क्षेत्र हस्तक्षेप गरेको बताएको छ। चेतावनी दिँदा दिदै पनि रुसको विमान आफ्नो वायु क्षेत्र प्रवेश गरेको टर्कीले बताएको हो।

दुइ महिना पहिले आफ्नो वायु क्षेत्र हस्तक्षेप गरेको भन्दै टर्कीले रुसी विमान खसालेपछि अहिले यी दुइ देश बिच तनाब बढ्दो छ।

टर्कीको विदेश मन्त्रालले शनिबार एक विज्ञप्ती जारी गर्दै रुसी एसयु-३४ फाइटर विमान रुसी र अङ्ग्रेजी दुवै भाषामा तुर्किस राडार युनिटले दिएको चेतावनी वेवास्ता गर्दै शुक्रबार सिरियाको सीमाबाट टर्कीको वायु क्षेत्रमा प्रवेश गरेको बताएको छ।

रुसले समस्या अझै बढाउने मनसायले नेटो र टर्कीले दिएको चेतावनी नमानेको विज्ञप्तीमा बताइएको छ। साथै यस्तो गैरजिम्मेवार कार्यले निम्त्याउने प्रतिफलको लागि रुसलाई जिम्मेवार ठहर्याइनेछ, अगाडी भनिएको छ।

नोभेम्बरमा टर्कीले वायु क्षेत्र हस्तक्षेप गरेको भन्दै रुसको विमान खसालेपछि टर्कीसंगको सम्बन्ध बिग्रनुको साथै मध्य पूर्वमा पश्चिम र इजरायलाई झड्का दिने घटना भएका छन्। रुसले तैनाथ गरेको अत्याधुनिक उपकरणको कारण अहिले इजरायल सहित नेटो तनाबमा छ।

पढ्नुस पुरा: सिरिया युद्ध: रुसको अत्याधुनिक उपकरणले पश्चिम र इजरायललाई दिएको झड्का