१९ माघ, काठमाडौं ।

भारत विहारका मुख्यमन्त्री नितीशकुमार र सत्ता गठबन्धनका अर्का नेता एवं पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले नेपालमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गर्ने कुनै पनि आन्दोलनमा सबै प्रकारका सहयोग र सदभाव राख्ने आश्वासन दिएका छन् ।

nitesh_lalu

बिहारको सत्ताधारी गठबन्धनको समर्थनमा हुने मोर्चाको आगामी आन्दोलनले नेपाल सरकारमात्र नभएर भारतीय जनता पार्टीको नेतृत्वमा रहेको केन्द्रीय सरकार र दुई देशबीचको सम्बन्धमा समेत तनाव हुने संकेत दिएको छ ।

मुख्यमन्त्री नितीश र राष्ट्रिय जनता दलका नेता लालुसंगको छुट्टाछुट्टै भेटवार्तामा मभेसी मोर्चाका नेताले आगामी आन्दोलनमा सहयोग पाउने आश्वासन पाएको दाबी सम्बद्ध स्रोतले गरेको छ ।

बिहारको मुजफ्फरपुरमा राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशनारायण सिंहले आयोजना गरेको एक कार्यक्रमबाट फर्कने क्रममा सोमबार मधेसी मोर्चाका शीर्ष नेताहरु संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवले नितीश र लालुसंग भेटवार्ता गरेको जानकारी सद्भावनाका महामन्त्री मनिषकुमार सुमनले दिए । अन्नपूर्णमा समाचार छ ।