१९ माघ, एजेन्सी।

विश्व स्वास्थ्य संगठनले जिका भाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

जिका भाइरस विरुद्द लड्न अन्तरराष्ट्रिय स्तरमा कोशिस तेज गर्नुपर्ने संगठनले बताएको छ।

zika virus  (1)

यसै मुद्धा माथी चर्चाको लागि जेनेभामा संगठनको एक आपतकालिन बैठक भएको थियो। संगठनका अधिकारिहरुले जिका भाइरस निकै छिटो फैलिएको प्रति चिन्ता व्यक्त गरेका छन्। उत्तर र दक्षिण अमेरिकी महादेशमा यो वर्ष ४० लाख भन्दा बढी जिका भाइरसको सङ्क्रमण घटना आउन सक्ने अनुमान लगाइएको छ।

यता जिका भाइरसको सङ्क्रमण झेलिरहेको ब्राजिलले भने यो कारणले रियोमा हुन लागेको ओलम्पिक रद्ध नहुने बताएको छ।

ब्राजिकका अधिकारिहरुले जिका भाइरसले दर्शक र खेलाडीलाई कुनै खतरा नहुने बताएका छन्। ओलम्पिक यहि अगस्टमा आयोजना हुन गइरेहको छ।

राष्ट्रपति जिल्मा रुसेफले ब्राजिल आउने सबैलाइ आश्वस्त पार्दै भनेकी छिन्, ‘गर्भवति र महिलालाई छोडी अन्य कसैलाई यो भाइरसको कुनै खतरा छैन।’

अधिकतम मामलामा यो भाइरसको सङ्क्रमणको लक्षण देखिदैन, तर यसको असर बच्चाको दिमागमा पर्न सक्छ।

ब्राजिलमा दिमागी रुपले कमजोर हजारौं बच्चाको जन्म भएको छ, जसलाई जिका भाइरसको असरसंग जोडिएर हेरिएको छ।

zika virus  (2)

आपतकाल घोषणा गरिएपछि प्रयोगशालामा पनि यो भाइरससंग लड्नको लागि काम तेजिसंग हुँदैछ। यो भाइरस विरुद्ध लड्न भ्याक्सिन तयार गर्न करिब २ वर्ष लाग्ने बताइएको छ भने विश्वको कुना-कुनामा यो सर्वसुलभ हुन एक दशक लाग्ने अनुमान गरिन्छ।

ब्राजिलमा यो भाइरसले हजारौं सङ्क्रमण भइसकेका छन् भने अन्य २० देशमा यसको लक्षण देखा परिसकेको छ।

यो पनि पढ्नुस्।

‘जिका’ भाइरसको बारेमा सबैले जान्नै पर्ने कुरा