१९ माघ, काठमाडौं ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले सोमबार बिहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवसँग भेटेका छन् ।

01022016083506lalu-3-1000x0

मधेश आन्दोलनमा सहयोग र समर्थन जुृटाउन दृुईदिन यता बिहार भ्रमणमा रहेका मोर्चाका नेताहरु संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब, सदभावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादबले पटनास्थित लालु निवासमा भेटवार्ता गरेका हुन् ।

मधेशमा जारी आन्दोलन, राज्यका तर्फवाट भईरहेको दमन तथा संबिधानमा मधेशीमाथि गरिएको बिभेदवारे अबगत गराएको सदभावना अध्यक्ष महतोले टेलीफोनमा जानकारी दिए ।

केन्दि्रय नेता भन्दा सिमा जोडिएका राज्यका नेताहरु मधेश समस्यावारे बढी जानकार रहेकाले बिहारका सता र विपक्षी नेतालाई भेटन आएको महतोले बताए । कान्तिपुर दैनिकमा खबर छ ।