२० माघ, एजेन्सी।
धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई महत्व दिन अमेरिकी राष्ट्रपत बाराक ओबामा राष्ट्रपति पदको आफ्नो कार्यकालमा बुधबार अमेरिकाको एक मस्जिद पुग्ने भएका छन्।

obama-mosque

सन् २०१४ अप्रिल २७ मा, मलेसियाको क्वालालम्पुर स्थित नेशनल मस्कमा ओबामा निमन्त्रणा स्वीकार गर्दै पुगेका थिए

धार्मिक स्वतन्त्रताको रक्षा र अमेरिकामा मुस्लिम विरोधी बयान बढदै गएको कारण बुधबार बाल्टीमोर स्थित एक मस्जिदमा ओबामा पुग्ने कार्यक्रम तय भएको व्हाइट हाउसले जनाएको छ।

अमेरिकामा धार्मिक कट्टरताको विरुद्ध आवाज उठाउन र धार्मिक स्वतनत्रताको रक्षाको लागि अमेरिकमा परम्परा बनाइराख्न ओबामाले सो बखत जोड दिने बताइएको छ।

डेमोक्रेटिक पार्टीसंग सम्बन्ध राख्ने ओबामा को यो राष्ट्रपति कार्यकालको अन्तिम वर्ष हो।
अबको राष्ट्रपतिको उम्मेदवारको लागि दौड लगाइरहेका रिपब्लिकन पार्टीका डोनाल्ड ट्रपले अमेरिकामा भएको एक गोलीबारी पश्चात मुस्लिमलाई अमेरिकामा प्रवेशमा रोक लगाउनु पर्ने विवादित बयान हालसालै दिएका थिए।