२० माघ, एजेन्सी

ब्राजिलमा कर छलीको मुद्धामा फुटबल स्टार नेमार माथी जाँच सुरु गरिएको छ।

बार्सिलोना स्ट्राइकर नेमार विरुद्ध सन् २००६ देखि सन २०१३ को बिच कर कम तिरेको मामिलमा जाँच सुरु गरिएको हो।

neymar_outside_court

एक झुठो कम्पनिको सहायता लिएर नेमारले कर छली गरिरहेको बताइएको छ।

जाँचकर्ताको अनुसार फुटबलरका पिता नेमार दा सिल्भा सेन्टासमाथी पनि छलीको आरोप लागेको छ।

बार्सिलोना अध्यक्ष जोजफ मरिया बार्टोम्यु र पूर्व अध्यक्ष सेन्ड्रो रोजेल विरुद्ध पनि आरोप तय गरिएको छ।

उता मंगलबार स्पेनमा एक अर्को मामिलमा उनको विरुद्ध सुनुवाइ भएको छ।

मेड्रिडमा भएको सुनुवाइको दौरान नेमार स्वयं अदालतमा उपस्थित थिए। नेमार माथी ट्रान्सफरको दौरान बेइमानीको आरोप लागेको छ।

बार्सिलोनाको अनुसार नेमार को ट्रान्सफरको लागि सन् २०१३ मा उनलाई ५७ मिलियन युरो दिइएको थियो।

तर नेमारलाइ ८३ मिलियन युरी बराबर पैसा दिइएको र क्लबले सम्झौताको केही हिस्सा लुकाएको जाँचकर्ता दाबी गर्छन्।

नेमारले आफु माथी लगाइएको सबै आरोप इन्कार गर्दै आएका छन।