२० माघ, एजेन्सी।

सोमालियाबाट जिबुटि तर्फ उडेको विमानमा बम विस्फोट भइ बनेको प्वालबाट जलेको अवस्थामा एक व्यक्ति जमिनमा खसेको खबर छ।

plane accident in somalia 515344013

मंगलबार डालो एयरलाइन्सको फ्लाइट डि३१५९ मा सोमालिया स्थित मोगादशु एयरपोर्टबाट उडेको पाँच मिनेट मै बम विस्फोट भएको आशंका गरिएको हो। विस्फोटले विमानको एक भागमा ठुलो प्वाल परेको छ। सोही प्वालबाट एक यात्रु बाहिर तानिएर जमिनमा खस्दै गरेको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै अन्तराष्ट्रिय मिडियाले बताएका छन्।plane accident in somalia 525498413

१४,००० फिटको उचाइमा पुगिसकेको सो विमान विस्फोटमा अन्य दुइ यात्री घाइते भएको एयरलाइन्सले जनाएको छ। विस्फोट पश्चात विमानको पुन: सोमालियामा आपतकालिन अवतरण गरिएको थियो।

plane accident in somalia 54479213

प्रारम्भिक रिपोर्टले विमानमा बमका अवशेष भेटिएको बताइएको छ। यदि सो बम नै भएको खण्डमा अहिलेसम्म कुनै पनि समुहले जिम्मेवारी लिएका छैनन। यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ।

सोमालियामा इस्लामिक जत्था अल शबाबको आतंककारी गतिविधि बढेको समयमा यो घटना भएको हो।

यो पनि पढ्नुस्।

साउदी अरेविया र इरानबीच फारसको खाडीका लागि युद्ध हुन सक्ने