२२ माघ, एजेन्सी।
ब्राजिल सहित अमेरिकी तथा क्यारेबियन मुलुकमा फैलिरहेको जिका भाइरस युरोपमा पनि प्रवेश गरेको छ । जिकाको संक्रमण स्पेनमा भेटिएको हो ।

mosquito jika virus

त्यहाँकी एक गर्भवती महिलालाई जिका भाइरस लागेको पुष्टि भएको हो ।यु रोपमा गर्भवतीमा जिका भाइरसको संक्रमण भएको यो पहिलो घटना हो । यी महिला केही दिन अघि कोलम्बियाबाट फर्किएकी स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनलाई कोलम्बियामा नैै जिकाको संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । स्पेनमा थप सात जनामा भाइरसको संक्रमण भएको छ । जिका भाइरको संक्रमण बढ्दै गएपछि प्रभावित क्षेत्रमा बसेका र त्यहाँबाट फर्किएकालाई रक्तदान नगर्न पनि आग्रह गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय स्वास्थ्य संकट घोषणा गरिसकेको छ । एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग अरु देशमा पनि फैलन सक्ने चेतावनी दिइसकिएको छ ।

अमेरिकामा पनि भेटियो जिका भाइरसको संक्रमण, संक्रमण यौन सम्पर्कबाट

‘जिका’ भाइरसको बारेमा सबैले जान्नै पर्ने कुरा