कुशल श्रेष्ठ

“पृथ्वी एउटा सिङ्गो ग्रह होइन, यो त दुई वटा ग्रह हो”- युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जेलसका वैज्ञानिकहरूले गरेको एक खोजबाट पुष्टि भएको छ।

उक्त खोजका अनुसार, ‘थीया’ (Theia) नाम गरेको एक ‘भ्रूणीय ग्रह’ (planetary embryo) प्रारम्भिक पृथ्वीसँग ठोक्किएपछि दुई भागमा टुक्रिएको थियो। २ टुक्रामध्ये, १ टुक्रा चाहिँ पृथ्वीमै गाभ्भियो भने अर्को चाहिँ पृथ्वीको चन्द्रमा बन्न पुग्यो।Earth

पृथ्वी र थीयाको ठक्करको बारेमा त वैज्ञानिकहरूलाई पहिल्यै पनि थाहा थियो, तर उनीहरूले यसलाई साधारण ठक्कर मात्र मानेका थिए। तर अहिलेको यो अनुसन्धानले, त्यो ठक्कर एकदमै फरक भएको हुनसक्ने बताएको छ।

“यदि साधारण ठक्कर भएको भए, चन्द्रमाको अधिकांश हिस्सा थीयाको जस्तो हुनेथ्यो। तर, यसको अधिकांश हिस्सा पृथ्वीको जस्तो छ।”, प्रमुख अनुसन्धानकर्ता ‘एडवार्ड योङ्ग’ले भने। चन्द्रमा र पृथ्वीमा केही कुरामा समानता पाइएको बताउँदै उनले भने, पृथ्वी र चन्द्रमा दुवैमा थीयाको बराबर भाग मिस्सिन पुग्यो। यहि कारणले नै पृथ्वी र चन्द्रमामा पाइने थीयाको अवशेषमा भिन्नता पाउन नसकिएको हो।

तसर्थ, वास्तवमा पृथ्वी दुई वटा ग्रहहरू मिलेर बनेको होः पृथ्वी र थीयाको एक अंश।

योङ्ग लगायत अन्य वैज्ञानिकहरूले थीयाको आकार पृथ्वीको जत्रै भएको विश्वास गरेका छन्।

चन्द्रमा पृथ्वीबाट छुट्टिएर बनेको पिण्ड भएको विश्वास गरिदै आएको कुरामा यो खोजले बल प्रदान गर्छ। चन्द्रमा पृथ्वीबाट कसरी छुट्टियो प्रश्नमा, अर्को ग्रह आइ यसरी ठोक्किएर पृथ्वीबाट उछिट्टिएको पिण्ड नै चन्द्रमा बनेको यो खोजले बताएको छ।

पनि हेर्नुहोस्-

सौर्यमण्डलमा पृथ्वी भन्दा दश गुणा ठुलो ग्रह भेटिएको दाबी
पृथ्वीभन्दा बाहिर जीवन फेला परे पृथ्वीमा कस्तो प्रभाव पर्न सक्छ?
आणविक युध्द पश्चात पनि बाँच्न सक्ने पृथ्वीका १० जीव
११ लाख किलोमिटर प्रतिघण्टाको गतिमा ग्याँसको विशाल बादल आकाशगङ्गा तर्फ लम्कदैँ
नासाले खिच्यो चन्द्रमाले पृथ्वीलाई घुम्दै गरेको अभूतपुर्व तस्विर