२२ माघ, एजेन्सी।

बलिउड नायिका दिपिका पादुकोणको पहिलो हलिउड फिल्म ‘ट्रिपल एक्स द रिटर्न अफ एक्स जेन्डर केज’ को सुटिङ सुरु भएको छ। नायक भिन दिजेलले दिपिका संगै बसेको तस्बिर ट्वीटरमा सार्वजनिक गरेका हुन।

deepiak padukone and vin diesel (1)

दिपिका यो फिल्ममा सेरेना नामको क्यारेक्टरको भुमिका निभाउँदै छिन साथमा उनी केज (भिन डिजेलको भुमिका)को गर्लफ्रेन्ड र शिकारी पनि हुन।

हलिउडो यो फिल्मको टिमले दिपिकालाई विशेष व्यवहार गरेको खबर पनि संगै आएका छन्। एक्पर्टको एक टिम दिपिकाको डाइट देखि मेकअप अनि हेयर ड्रेसिङ सम्मको जिम्मेदारी उठाइरहेका छन्।

यो फिल्म ट्रिपल एक्स सिरिजको तेस्रो फिल्म हो, जसमा हलिउड नायिका नीना डोभरोब र रुबी रोजले पनि काम गर्नेछन्। फिल्म सन् २०१७ अप्रिल मा रिलिज हुनेछ।

यो पनि पढ्नुस्।

२०१६ भरि दिपिका बलिउडबाट हराउने

कपि गर्ने कलामा दिपिका माहिर, बच्दैनन् हलिउडका ड्रेस

ओस्कार अवार्डको प्रस्तोतामा प्रियंकाको नाम

सन्तानका लागि बाहेक आफुलाई पुरुष नचाहिने प्रियंकाको घोषणा

प्रियंकाको हलिउड डेब्यु: बलिउडकी नायिका हलिउडमा भिलेन बन्दै