२४ माघ,  तनहूँ ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेसको १३ औं अधिवेशनमा आँफु पार्टी सभापतिको पद कुनै हालतमा पनि नछाड्ने बताएका छन् । आफुले सारा जिवन पार्टीका लागि निकै त्याग गरेको बताउँदै यस अघि शेरवहादुर देउवा र शुशील कोइरालालाई आफुले पार्टी सभापतिमा छाडिदिएको बताउदैं यस पटक आफ्नो पालो भएको बताए ।

यसपटक आँफु छोडबहादुर नवन्ने उनले ठोकुवा गरेका छन् । तनहुँ काँग्रेसको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा केन्द्रिय र जिल्ला स्तरीय नेता तथा कार्यकर्ता विच उपसभापति पौडेलले नेपाली काँग्रेस भागवन्डा र गुटवन्दी शिकार भएको बताए

पौडेलले पार्टीका सवै समस्याहरुलाई समाधान गर्नेका लागि पनि आँफुले पार्टी सभापतिमा उम्मेदवारी दिने र पार्टीको नेतृत्व आँफुले सम्हाल्ने बताए । अधिवेशनमा जिल्ला स्थित काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्ल्ोख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा काँगे्रस नेताहरु शंकर भण्डारी, प्रदीप पौडेल, धु्रव वाग्ले, गोविन्द भटराई, अमरराज कैनी, रामचन्द्र पोखरेल लगायतको उपस्थिति रहेको थियो ।